Author: Dipak Dhamala

काठमाडौं । गायीका समिक्षा अधिकारीले साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत उनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदैं फेसबुक स्टाटस र भाषणमा मात्रै नभई व्यवहारमा नारीलाई सम्मान गर्न आग्रह गरेकी हुन् । ‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे’ उनले लेखेकी छन्, ‘नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुनेँ,देखेँ ।’ उनले अगाडि लेखेकी छन्, – ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा…

Read More

काठमाण्डाै – अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सुक्ष्म निगरानी गर्दा याे तथ्य फेला पारेको हो । पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्काेमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यस घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ । अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि त्याे पार्सल लिन आएका भारतको…

Read More

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले सङ्कटा क्लबलाई हराएकाे छ । दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सङ्कटा क्लबलाई एक–शून्य गोलले हराएको हो । मनाङका लागि उज्वेकिस्तानका विङ्गर सेदजामोलले गाेल गरे । मनाङले दुई खेलमा चार अङ्क जोड्दा सङ्कटाले दुई खेलमा एक अङ्क जोडेको छ । आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई एक–शून्य गोलले हराएको छ । यस्तै अर्काे खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई एक–शून्य गोल अन्तरले हराएकाे छ ।

Read More

धनगढी- कैलालीको धनगढीबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ र १७ वर्षका दुई किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना गएको १७ गते रातिको भएपनि प्रहरीमा ढिलोगरि उजुरी परेपछि उनीहरुलाई मंगलबार (हिजो) मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । डीएसपी चन्दका अनुसार पीडित पक्षबाट हिजो मौखिक उजुरी आउने वित्तिकै बलात्कार आरोपी दुई किशोरहरुलाई पक्राउ गरिएको हो । आरोपी पक्राउ परेपछि आज उनीहरुविरुद्ध जाहेरीसमेत दर्ता भएको डीएसपी चन्दले बताए…

Read More

काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले दुई स्थान सुधार गरेकाे हाे । आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेकाे छ । यसअघि नेपाल १९ औँ स्थानमा थियाे । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लाे आठ खेलमध्ये सात खेल जितेकाे नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएकाे हाे । नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी (पीएनजी) क्रमशः १८ औँ, १९ औँ र २० औँ स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दाेस्राे, तेस्राे, चाैथाे र…

Read More

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ ।   मतपत्रमा उम्मेदवारको नाम र फोटो…

Read More

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेकाे बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । राप्रपाका १४ जना सङ्घीय सांसद र २८ जना प्रदेश सभा सदस्य छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

Read More

काठमाडौँ । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् । युएईबाट काठमाडौँका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ । नाइन एन एकेएक्स जहाजको कमान्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को–पाइलटमा सृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन,…

Read More

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ । महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । परामर्श सेवा दिन ल क्याम्पसमा अध्ययनरत ५० विद्यर्थीलाई तालिम प्रदान गरिएको छ । सेवा उपलब्ध गराउन उनीहरू वडा कार्यालयमा स्थापना गरिने हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् । त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्ने आचार्यले बताउनुभयो । क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबीमा अध्ययनरत…

Read More

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि चेल्सीले २–० को जित निकालेको छ ।सो जीतसँगै इङ्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरे मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोलमा चेल्सी अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो हाफको ४३औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए भने  ५०औँ मिनेटमा चेल्सीले पेनाल्टीको मौका पायो ।  बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले पेनाल्टीको जोडदार माग गरयो तर रेफ्रीले पेनाल्टी दिन आनाकानी गरिरहे तर चेल्सीले ह्यान्ड बल नै भएको अडान लिए पछि…

Read More