Author: Dipak Dhamala

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्। उनले शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै शहीद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी हुन् । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन्। शहीद दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले शहीदले देखाएको बाटोमा शब्दमा मात्र नभई कर्ममा लाग्न आग्रह गरेका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएका छन्। ‘तानाशाही र निरंकुश व्यवस्थाविरूद्ध संघर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ’, उनको सन्देशमा भनिएको छ, ‘ आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदप्रति विशेष सम्मान व्यक्त गर्ने…

Read More

काठमाडौं – भारतले  पहिलो संस्करणको महिला यू–१९ टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ। दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणमा च्याम्पियन बन्न सफल भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो।​ सेनविस पार्कमा इंग्ल्याण्डले दिएको ६८ रनको लक्ष्य भारतले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा गोन्गाडी त्रिशा २४ रनमा आउट हुँदा सौम्य तिवारीले अविजित २४ रन बनाईन्। कप्तान शफाली बर्मा १५ रनमा आउट हुँदा श्वता सेरावतीले ५ रन बनाइन्।​ इंग्ल्याण्डका हन्ना वाखिर,एलेक्स स्टोनहाउस र ग्रिस एभेन्सनले समान १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १७.१ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो।​ इंग्ल्याण्डका लागि रायना म्याकडोनाल्ड १९ रनमा आउट हुँदा एलेक्स स्टोनहाउस र सोफि स्मालीले समान…

Read More

राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ ।  राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको छ । उक्त कानुनमा निर्वाचन परिणाम आएपछि राष्ट्रपति निर्वाचित भएको मानिने पनि उल्लेख छ । ऐनअनुसार राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पुरानो राष्ट्रपतिको कार्यभार कायमै रहने भएकाले समस्या देखिएको हो। राष्ट्रपति निर्वाचनका सम्बन्धमा संवैधानिक र कानुनी विवाद बढ्दै गएपछि राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा अन्योल छाएपछि सार्वजनिक रूपमा टीकाटिप्पणी…

Read More

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि उनलाई गैरसांसदको रूपमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमै फर्काउन ओलीले प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका हुन् ।  ‘उहाँ (रवि लामिछाने) लाई गृह मन्त्रालय नदिनुपर्ने कुनै कारण छैन, त्रुटि सच्चिएको छ । उपनिर्वाचन नहुँदासम्म उहाँलाई गैरसांसदको रूपमा मन्त्रिपरिषद्मा फर्काउनुपर्ने एमालेको राय छ’, एमालेका एक पदाधिकारीले भने । अदालतले नागरिकताविहीन लामिछाने सांसद हुने अयोग्य भएको फैसला सुनाएपछि सोही दिन उनले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । नागरिकता लिएपछि लामिछाने रास्वपा…

Read More

काठमाडौं – ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ नारासहित ७० औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदैछ। हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ। आर्थिक वर्ष २०७८/७९ मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५  रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ।विश्वमा रहेका कुष्ठ प्रभावितमध्ये १ प्रतिशत बढि कुष्ठरोगी नेपालमा रहेको तथ्यांक छ। १३ वर्ष पहिले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ।

Read More

काठमाडौं – आज प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस । देश तथा विदेशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । केन्द्रले काठमाडौंमा प्रभात फेरिसहित कार्यक्रमको आयोजना गरेको छ भने शाखाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउन लागेको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए । गण्डकी प्रदेश समितिले पनि पोखरामा प्रभातफेरी आयोजना गरेको प्रदेश अध्यक्ष अर्जुन पाफ्लेले जनाएका छन् । त्यस्तै,कर्णाली प्रदेशमा दिगो बिकासमा आमसन्चार माध्यमको भूमिका विषयक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । प्रदेश अध्यक्ष प्रतिक इच्छुकका अनुसार कार्यक्रममा प्रदेश…

Read More

काठमाडौं – अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । ‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’ जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै…

Read More

अस्ट्रेलिया — मेलबर्नमा आयोजित एन्मेक रोयल कप फुटबलको उपाधि रोयल वेस्टर्न फुटबल क्लबले जितेको छ । रोयलले यती फुटबल क्लब (रातो) लाई १–० ले हराउँदै उपाधि जितेको हो । भिक्टोरिया राज्यमा रहेका १५ फुटबल टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता विजेताले ४ हजार ५ सय डलर र ट्रफी जित्यो । एकमात्र गोल हेमन गुरुङले गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा त्यही गोल नै निर्णायक भयो । २३ औं मिनेटमा रोयलका डिफेन्डर अनुप गुरुङ रातो कार्ड पाएर बाहिरिनुपरे पनि टोलीले खेल नियन्त्रणमा राखेर खेलेको थियो । उत्कृष्ट खेलाडीको उपाधि विजेताका हेमन गुरुङले जिते । रोयलकै गोलकिपर रोहित कार्की उत्कृष्ट गोलकिपर भए भने युनाइटेड फुटबल क्लबका दर्शन गुरुङले उच्च गोलकर्ता…

Read More