Author: Dipak Dhamala

धनगढी – कैलालीको ट्राफिक प्रहरी प्रमुख भएर आएका प्रहरी निरीक्षक बिरेन्द्र जोहारी धनगढी पुगेका छन् । जोहारीलाई अहिलेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहसहितका प्रहरी अधिकृतहरुले धनगढी विमानस्थलमा स्वागत गरेका छन् ।

Read More

काठमाडौं – संघीय संसद अन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने…

Read More

काठमाडौँ –  गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता प्रदेशको भागबन्डामा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।  सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रदेशबाट सहमति जुटाउन नसकेपछि मुख्यमन्त्री अधिकारी सहयोगका लागि शीर्ष नेताहरूको दैलो चाहरिरहेका छन् ।   पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएसँगै अधिकारीले विश्वासको मत लिएको १ साता भइसक्यो । तीन मन्त्रीलाई साथमा लिएर शपथ लिएका अधिकारीले अहिलेसम्म कुनै मन्त्रीले जिम्मेवारी दिन सकेका छैनन् । सोमबार मन्त्रालय घटाउने विषयमा सहमति जुटे पनि भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार…

Read More

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।  यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले निकुञ्ज क्षेत्रमा अवतरण शुल्क नतिर्ने हेलिकप्टरलाई नियन्त्रणमा लिने भएको छ । निकुञ्ज क्षेत्रमा शुल्क छल्दै अवतरण हुने हेलिकप्टरको सङ्ख्या बढेकाले आउँदो फेब्रुअरी १ तारिख अर्थात् माघको १८ गतेदेखि शुल्क भुक्तानी नगरि अवतरण हुने हेलिकप्टरलाई नियन्त्रण लिइ कारबाही गरिने भएको हो । निकुञ्जले यसबारेमा हेलिकप्टर कम्पनीलाई लिखित पत्राचार समेत गरेको छ । शुल्क नतिर्ने हेलिकप्टर र चालकलाई नियन्त्रणमा लिन नेपाली सेनालाई पत्र काटिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । यसबाट हेलिकप्टर कम्पनीले गर्ने गरेको राजस्व छलि रोक्न मद्दत पुग्ने निकुञ्जले जनाएको छ । निकुञ्जको नियम अनुसार हेलिकप्टरले प्रतिअवतरण तीन हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ ।…

Read More

काठमाडौँ- होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् । उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते भएका थिए । लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए। आफ्नै छोराछोरी सम्झेर राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए । अन्य विद्यार्थी अवस्था सामान्य रहेको पनि उनले स्पष्ट पारे । होस्टेलमा बसेर अध्ययन गरेका…

Read More

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताउनुभएको छ । जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गर्नुभयो । यसले देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाको भनाई छ । प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताउनुभयो । १२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत बर्ष ८ लाखभन्दा कम नयाँ जन्म मात्रै दर्ता गरिएको छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका…

Read More

काठमाडौँ – काठमाडौँको ठमेल देखि बौद्धसम्म यात्रा गर्ने क्रममा आइतबार दिउँसो ट्याक्सीमा छुटेको नगद १ लाख सहित विभिन्न धनमाल रहेको झोला ट्राफिक प्रहरीले खोजतलास गरी धनीलाई बुझाएको छ । सवारी साधनमा छुटेको सामान खोजतलास गरी सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो  । आइतबार दिउँसो ३ बजे, ठमेलबाट बौद्धसम्म जाने क्रममा बा १ ज ५८३ नम्बरको ट्याक्सीमा साङ्गे डोल्मा लामाको एक लाख नगद सहित महत्त्वपूर्ण सामान रहेको झोला छुटेको थियो ।धनीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा सिसिटिभी फुटेजको सहायताबाट खोजतलास गरी सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो  । चालु आर्थिक वर्षमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास…

Read More

काठमाडौं – चालू आर्थिक वर्षको छैटौं महिना पुसमा निकासी व्यापारमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । आयातमा आइरहेको कमी पुसमा पनि निरन्तर छ । सरकारले पुसबाट लागू हुने गरि विलासी वस्तुको आयात प्रतिबन्ध हटाएको थियो । यसले आयात फेरि बढ्ने अनुमान गरिएको थियो । तर, नतिजाले त्यस्तो देखाइएको छैन् । गाडी मोबाइल मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता दिइने निर्णय गरेर कार्यान्वयनमा आए पनि तत्काल यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको छैन् । भन्सार विभागका अनुसार पुस महिनामा १ खर्ब २७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस्तै, १३ अर्ब ५० करोड…

Read More