Author: Dipak Dhamala

डोटी – डोटीको नेपाली सेनाको भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । जिल्ला सदरमुकामबाट विकट मानिएको फुड्सिलमा गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो । प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको गणका गणपति जनमत कार्कीले बताउनुभयो । हेलिप्याडले नागरिकलाई सहज हुने उहाँको विश्वास छ । भैरवप्रसाद गणको पाँच लाख रुपैयाँको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारमा हेलिप्याड निर्माण भएको हो । सदरमुकामभन्दा बाहिर सबैभन्दा पहिला बोगटानमा हेलिप्याड निर्माण गर्नु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो । नेपाली सेना र बोगटान फुड्सिल गाउँपालिकाको…

Read More

काठमाडाैं – नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट तीन हजार ५० जरिवाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका–१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । काठमाडौँ प्रहरीले आइतबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पुर्‍याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौैँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना र…

Read More

काठमाडाैं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु–व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उहाँले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभएको हो ।उहाँले सार्वजनिक सुरक्षा अमनचैन कायम गर्न र सङ्गठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको सङ्गठनमा सधैँ खाँचो रहने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन…

Read More

काठमाडाैं – नबालिका बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ‘डिप्रेसन’काे शिकार भएका छन् । मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविद सुष्मा रेग्मीले मानसिक परामर्श दिन थाल्नुभएकाे छ । जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको लामिछानेका वकील सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयाे । उहाँका अनुसार लामिछाने पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएका छन् । लामिछाने मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन्। नबालिकालाई गौशालाको होटलमा रातभर बलात्कार गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन्। क्रिकेट प्रतियोगिताको क्रममा उनी विदेशमा छँदा प्रहरीमा निवेदन दर्ता भएकाे थियाे । आराेप…

Read More

कालीकाेट – कालीकाेटकाे तिलागुफा नगरपालिका वडा नं १ भिग्मकाे नदीको किनारमा खेल्ने क्रममा बगेका दुई बालकमध्ये एक जनाकाे उद्धार भएकाे छ । नदीमा बगेका जाजरकाेट घर भइ अहिले तिलागुफामा बस्दै आउनुभएका चन्द्रविक्रम शाहीका छाेरा १२ वर्षीय लेकविक्रमकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । नदीमा बगेका तिलागुफा १ का चन्द्र बुढाका छोरा १२ वर्षीय तपेन्द्र भने बेपत्ता भएका छन् । उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Read More

काठमाण्डाै – अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि देशको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि यस परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मेट्रिक टन चामल रहने देखिन्छ…

Read More

डाेटी – खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने तीन सय ५० रुपैयाँ असुल गर्दै आएका छन् । ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उहाँले भन्नुभयो, ‘तमैल पुग्न बाटोमै झण्डै एक हजार रुपैयाँ सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?’ खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । ‘घरतिर हरेक हप्ता…

Read More

काठमाण्डाै – बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । बाग्मती प्रदेश सभा सचिवायलयमा आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यस्तै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि आज दिउँसो १ एक बजेदेखि सुरु हुने गरी प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Read More

काठमाण्डाै – देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक/दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ। जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ । बिहान र बेलुका चिसो अझै बढ्दा…

Read More

काठमाण्डाै – इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने…

Read More