Author: Dipak Dhamala

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । आयोगले आज सूचना निकालेर संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि भोलिदेखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुने निर्वाचन अयोगले जनाएको छ ।

Read More

काठमाडौँ – नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा पार्टी एकता लगायत विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै संवादको लागि संवाद समिति पनि गठन नेसपाले गठन गर्ने गर्नेछ । समाजवादी ध्रुवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय , आगामी…

Read More

डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ । जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।  राति सुदूरपश्चिम, कर्णाली र…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारे छलफल हुने बताइएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ । पार्टीले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो।  सरकारको विषयमा पनि कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए । ‘चुनावपछिको यो पहिलो बैठक हो, बैठकमा चुनावको समीक्षा पनि हुन्छ, संगठन निर्माणका थुप्रै कामहरु बाँकी छन् त्यसका विषयमा पनि…

Read More

जुम्ला – सरकारले विकट पहाडी जिल्ला जुम्लामा ५० करोड रुपैयाँ खर्चेर सुविधायुक्त रंगशालासहित अन्य पूर्वाधार बनाउने भएको छ । स्थानीय खेलाडीको समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक्त रंगशाला निर्माण गर्न लागिएको हो । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले सदरमुकाम चन्दननाथ नगरपालिका-५ स्थित राजसिममा रंगशाला बनाउने तयारी गरेको छ । कार्यालयले रंगशालासहितको अन्य पूर्वधार बनाउन ५० करोड लगानी गर्ने भएको छ । रंगशाला अभावमा यहाँका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ पनि छैन । सघन सहरी विकास कार्यालयका सब इन्जिनियर चन्द्रबहादुर खड्काले प्रदेशकै नमुना रंगशाला निर्माण हुन लागेको बताए…

Read More

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । यो वडामा बिरामीको संख्या १९ जना पुगेको छ । संक्रमितको संख्या बढ्दो रहेको यो वडामा दादुराविरूद्धको खोप लगाउनेको संख्या भने न्युन देखिएको छ । वडामा माइकिङ गरिएको छ भने महिला स्वयंसेविका घर-घरमा पुगेर खोप लगाउन बोलाइरहेका छन् । घरमै गएर बोलाउँदा पनि खोप लगाउन इच्छा न्यून देखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Read More

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने जनाएको छ । विराटनगर र जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु हुन लागेको हो । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो । यस्तै श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृत लिन सकिने भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी…

Read More

जर्मनीले आफ्ना नागरिकलाई चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न निर्देशन दिएको छ । जर्मनीको विदेश मन्त्रालयले कोरोनाको सङ्क्रमण बढेको भन्दै चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न भनेको हो । चीनले शून्य कोभिड नीति तथा अरु विभिन्न प्रतिबन्ध हटाएसँगै त्यहाँ सङ्क्रमण फैलिएको छ । अरु केही देशले पनि चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् । युरोपेली सङ्घले पनि यसै हप्ता मात्रै सदस्य देशलाई चीनबाट आउने उडानमा कोभिड परीक्षण गर्न सुझाव दिएको छ । जर्मनी, फ्रान्स, इटली, स्पेनलगायत देशले एसियाली देशबाट पुग्ने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् । अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् । बेइजिङ र…

Read More

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् । शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच…

Read More

विगतमा ठूला आयोजना निर्धारण गर्दा ‘चलखेल’ गरिएको र स्रोतविनै तय गरिँदा कार्यान्वयनमा समस्या भएपछि सरकारले यस्ता आयोजना छनोटमै कडाइ गरेको छ । विनाअध्ययन र नेता, मन्त्रीलगायत पहुँचवालाको दबाबमा आयोजना छनोट गर्ने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्रिय योजना आयोगले ठूला आयोजनासम्बन्धी मापदण्ड तयार गरेर कार्यान्वयनमा ल्याएको हो । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड–२०७९’ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना हुन न्यूनतम मापदण्ड तय गरिएको छ । त्यसमा विस्तृत आयोजना प्रतिवेदन तयार भएको, स्रोत सुनिश्चितताको प्रमाण भएको, चालू आवधिक योजनाले राष्ट्रिय प्राथमिकता निर्धारण गरेको क्षेत्रभित्र परेको, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको पत्र र सम्बन्धित मन्त्रालयको…

Read More