Author: Dipak Dhamala

काठमाडौं – सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो । सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन र विज्ञतालाई केही आधार बनाएको पाइएको छ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायालाई अर्थ मन्त्रालयको सचिवमा सरूवा गरेको छ । अर्थसचिवमा आएका राया यसअघि अर्थ मन्त्रालय मातहतकै विभिन्न निकायमा रहेर काम गरिसकेका अनुभवी हुन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Read More

धनगढी -तराईका धेरै  भू–भागहरूमा  बाक्लो  हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन समेत  महाशाखाले अनुरोध गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको जनाएको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

Read More

काठमाडौं- वर्तमान सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत बढाएर सुविधाजनक सरकार चलाउने प्रयत्नमा लाग्नुभएको छ । गत १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल पुस २६ मा विश्वासको मत दिनेगरी मत संख्या बढाउने प्रयत्नमा लाग्नुभएको हो । विभिन्न विचार समूहका सात राजनीतिक दलहरू मिलाएर बहुमतको प्रधानमन्त्री बनेका दाहाललाई कुनबेला कसले समर्थन फिर्ता लिन्छ भन्ने त्रास पनि त्यक्तिकै छ । सरकारलाई समर्थन गरेका केही दलहरूले अझै सरकारमा जाने या नजाने भन्ने निर्णय गरिसकेका छैनन् । तथापि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूले विश्वासको मत दिने निर्णय गरेका…

Read More

रुपन्देही- पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको…

Read More

सुर्खेत – सुर्खेतको चौकुने गाउँपालिकामा रहेको श्री सरस्वती प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर १० केवडीको श्री सरस्वती प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो भएकाे छ। भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् भने विद्यार्थीको अवस्था समेत नाजुक छ । २०४५ सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन् । कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा सुरुवाती चरणमा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा भौतिक संरचना जीर्ण भएका कारण विद्यार्थीको संख्या पनि निकै कम रहेकाे छन् । विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था…

Read More

अछाम – अछाममा हायस दुर्घटना भएको छ। हायस दुर्घटना हुँदा चालक घाइते भएकक छन्। विहिबार बिहान अछामको सदरमुकाम मंगलसेन स्थित जिल्ला कारागार कार्यालय तल्तिर अस्पताल जाने बाटो नजिकै दुर्घटना हुँदा गाडी चालक कमलबजार नगरपालिका ५ का अन्दाजी ३० वर्षीय श्याम खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए। कमलबजार नगरपालिका वडा नम्बर ५ का गाडी मालिक नरेश शाहीको लु २ ख ६४८० नम्बरको हायस अनियन्त्रित भएर दुर्घटना भएको बिष्टले बताए। गाडीमा अन्य यात्रु नरहेको प्रहरी निरीक्षक बिष्टले बताए। घाइते भएका चालक खत्रीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

Read More

काठमाण्डाै – नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम बढेको छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुर/बङ्गुरमा हुने गरेको छ । काठमाण्डौ, कास्की, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट केही सुँगुर/बङ्गुर मरेका छन् । ती जिल्लामा सङ्क्रमण देखिएपछि रोकथामका उपाय अपनाउन थालिएको छ । यस्तै छिमेकी जिल्लामा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि व्यावसायिक किसानलाई जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ । सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले जानकारी दिनुभयो । सुँगुर/बङ्गुर काटेमा मासु चिस्यान केन्द्रमा राख्न…

Read More

धनगढी – नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीले नगरपालिकाका नगरप्रमुखलाई ५ बुँदे माग सहित पत्र लेखेको छ। राष्ट्रिय शिक्षक संगठन गोदावरीले माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको समेत दिएको छ। बुधबार गोदावरी नगरपालिकाका नगरप्रमुखलाई खुल्ला पत्र लेख्दै उसले यस्तो चेतावनी दिएको हो। खुल्ला पत्रमा आफुहरुका माग लाई नगरपालिकाले बेवास्ता गरेको आरोप छ। नगरप्रमुखसँग विस्तृत रुपमा छलफल गर्न चाहेको तर नगरप्रमुखले भेटघाटको अवसर नदिएको खुलापत्रमा उल्लेख गरिएको छ। खुल्ला पत्रमा भनिएको छ, ‘हामी तपाईसँग गोदावरी नगरपालिका भित्रका समग्र शैक्षिक समस्याहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न चाहन्थ्यौं, तपाइको मान मर्यादाको ख्याल गरेरै तपाईंको कार्यकक्षमा नै हाम्रो प्रतिनिधिमण्डल हार्दिकतापूर्ण र सौहाद वातावरणमा छलफल…

Read More

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ । आजको दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्ककासाथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ । नेपाल टी–२० लिगमा ६ टोली सहभागी छन् । यी खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा ठूलो विरोधाषमा रहेको बताए । ‘यो गठबन्धन ठूलो विरोधाषमा हो । यो गठबन्धन स्वाभाविक देखिँदैन । यहाँ पदको प्रतिस्पर्धा छ,’ उनी भन्छन्, ‘सो कुराले यो गठबन्धनको आयु छोटिने सम्भावना देखिराखेका छौं ।’ सत्ता गठबन्धनमा विचार र दृष्टिकोणमा एकता नभएको महतले बताए । ‘गठबन्धनमा विचार दृष्टिकोणमा एकता छैन । नो नट अगेनको नारा लगाएर आएका नयाँ पार्टी पद प्राप्तिमा गएर टुंगिएको छ,’ उनले भने, ‘सरकारमै बसेर प्रतिपक्षी भूमिका गर्ने कुरा आएको छ ।…

Read More