Author: Dipak Dhamala

बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताए । केही दिनअघि जिल्ला प्रशासन कार्यालय बझाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताएका हुन् । मंगलबार जिल्ला प्रशासन कार्यालय बझाङमा पत्रकारसंँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए । आफुले अन्य जिल्लाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वास व्यक्त गरेका छन् । अधिकारी पाण्डेले…

Read More

अछाम – नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल बिधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन। नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संसोधन २०७५ बमोजिम कुँवरलाई अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। नेपाल विद्यार्थी संघको विधानको अधिनमा रही संघको गरिमालाई उच्च बनाई नेपाल विद्यार्थी संघ अछामलाई गतिशिल, गौरवमय बनाउने विश्वास लिएको अध्यक्ष साउँदले बताए । अछाममा रहि समाजसेवीमा तल्लीन रहेका बिधार्थी नेता कुँवर अछाममा लोकप्रिय छबिको ब्याक्तित्व बनाएका छन।

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदानमा किसानलाई चैते धान र बसन्ते मकैको बीउ वितरण गरेको छ। सोमबार नगरपालिका परिसरमा भएको एक कार्यक्रमका बिच नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बीउ हस्तान्तरण गरेकी हुन्। कृषि शाखाले किसानलाई चैते धानको बिउमा ८०%अनुदान र बसन्ते मकैको बीउमा ५०% अनुदानका साथ बीउ वितरण गरेको हो। नगरपालिकाको कृषि शाखाले विभिन्न कृषक समूह र किसानलाई चैत धान ५४६ केजि र ४८५ केजि बसन्ते मकैको बीउ वितरण गरेको हो। बीउ हस्तान्तरण पश्चात नगरउपप्रमुख द्रोपती रानाले किसानलाई  खाली जग्गाको उपयोग गराउन र व्यस्त राख्न नगरपालिकाले बिउमा अनुदानको प्रणाली ल्याएको बताइन। उनले कृष्णपुर उत्पादनका हिसाबले उर्वर भुमी रहेकोले किसानले थोरैमात्र मिहिनेत गरेपनी धेरै…

Read More

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा  उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाए । उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गर्नुभएको थियो । सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा…

Read More

बैतडी – बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। प्रसिद्ध धार्मिकस्थल वनारसीमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ। बिशेष पूजाआजासहित वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीयले बताएका छन्। वनारसी धामको जात्रालाई सामुदायिक सद्भावको जात्राका रुपमासमेत लिने गरिन्छ। दलित समुदायका पूजारीले पूजाआजा गर्ने मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको छ। वनारसी धाममा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। सुर्नया नदीको किनारमा अवस्थित वनारसी धामलाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ।

Read More

सुर्खेत – जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको हो । चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो ।

Read More

जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो । जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहितको धरौटीमा रिहाइको आदेश पुस २८ गते गरेको थियो । उक्त आदेश प्रचलित कानुनविपरीत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।  महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आदेशउपर सर्वोच्च जाने निर्णय भइसकेको बताउनुभयो । रेग्मीले भन्नुभयो, “सर्वोच्च जाने निर्णय भइसकेको छ, मस्यौदालाई अन्तिम रूप दिएर एकरदुई दिनमै सर्वोच्चमा…

Read More

काठमाडौं – आज दिउँसो कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५…

Read More