Author: Dipak Dhamala

काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भयको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ।  नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ।  महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन।…

Read More

काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । यस कमिटीको पदाधिकारीमा सुदूरपश्चिमबाट पनि सानदार उपस्थिति देखिएको छ । केन्द्रीय चार उपाध्यक्ष मध्य २ सुदूरपश्चिमका नेताहरुले जितेका छन् । बैतडीका गोविन्द गिरी र कञ्चनपुरकी मर्यादा विष्ट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गिरी यस अघि उपमहासचिव । विष्ट सचिव थिए । कमिटीको महासचिवमा पनि बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । उनी यस अघि उपमहासचिव थिए । सचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी डोटीका हुन् ।

Read More

धनगढी: कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ। उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं — ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ। गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन्। सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ। ‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको…

Read More

पाकिस्तान – पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो । केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो । आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले २८ रन बनाउँदै गाबाई लुईसले १० रनको योगदान गरे । पाकिस्तानका लागि नशरा सन्धुले चार विकेट लिइन् । सादिया ईकवाल र निदा डारले समान दुई-दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो । पाकिस्तानका लागि मुनिवा अलिले शतकीय पारी…

Read More

काठमाडौं — इपिएस कोरिया शाखाका प्रमुख पुष्पराज कटवाललाई मंगलबार बिहानै एक व्यक्तिले फोन गरेर भने, ‘म अख्तियारको प्रमुख आयुक्त प्रेमकुमार राई बोलेको, मेरो भतिजी डोमा शेर्पालाई जसरी पनि इपिएस परीक्षा पास गराउनुहोला ।’ सुरुमा त उनी अलमलमा परे । तर, राईसँग चिनजान भएकाले त्यस्तो दबाब दिन फोन गरेकोमा विश्वास गरेनन् । थप बुझ्दा त्यो नम्बर राईले प्रयोग नभएको खुल्यो ।  मंगलबार नै कटवालले प्रहरीलाई त्यसबारे जानकारी गराए । प्रहरीले अनुसन्धान गर्दा कागेश्वरी–मनहरा नगरपालिका– ५ थली बस्ने ७२ वर्षीय रामनारायण पण्डितले त्यसरी प्रमुख आयुक्त हुँ भन्दै फोन गरेको खुल्यो । प्रहरीले उनलाई केही घन्टामै पक्राउ गर्‍यो । उनले आफ्नै घरमा बस्ने ससुरालीतर्फबाट भदैनी नाता पर्ने डोमालाई परीक्षामा उत्तीर्ण…

Read More

लिबियाको तटमा भएको जहाज दुर्घटनामा कम्तीमा ७३ युरोप जाने खोज्ने आप्रवासी र शरणार्थी हराएका छन् । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार बेपता भएका धेरैको मृत्यु भएको आशङ्का गरिएको छ ।  इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले ट्विट गर्दै ७३ आप्रवासी हराएको जनाएको हो । लिबियाका अधिकारीहरूले भने दुर्घटना भएको जहाजबाट कम्तीमा ११ शव निकालेको बताएको छ। जसमा सात जना बाँचेका थिए, उनीहरूलाई अस्पताल लगिएको थियो। जहाज दुर्घटना भएको सो स्थल भूमध्य सागरमा आप्रवासीहरूका लागि प्रमुख मार्ग रहेको हो । आईओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्टका अनुसार २०१४ यता भूमध्य सागरमा २५ हजार ८२१ आप्रवासी र शरणार्थी बेपत्ता भएका छन्। हालैका वर्षहरूमा लिबिया…

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन काठमाडौंमा जारी छ। सुदूरपश्चिम प्रदेशबाट पनि केन्द्रिय महासचिवदेखि केन्द्रीय सदस्यमा उम्मेदवारहरुले दाबी गरेका छन्। सुदूरपश्चिमबाट महासचिवमा बाजुराका नरेश रोकाया, बैतडीका गोबिन्द गिरी, सचिवमा मर्यादा विष्ट, गणेश ऐरि, रक्षा बम, चुडामणी भट्ट, खेम राज जोशी, स्थायी कमिटी सदस्यमा कमल रोकाया, मनोज राई भरतसिंह धामी र केन्द्रिय सदस्यमा नरेन्द्र कार्की, दिवान धामी, रविन्द्र धामी, रविन नाथ, हिमेश थापा र हेमन्त रेग्मी रहेका छन्।

Read More

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै पटना, भारत जान लागेको उनको सचिवालयले जनाएको छ। बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेका हुन । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।

Read More

काठमाडौं – राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्। माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ। माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्। जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ।  ‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। राष्ट्रपति भएपछि एक दललाई होइन, सबै…

Read More