Author: Dipak Dhamala

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी  प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने भएको छ । सोमबार पनि  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

Read More

काठमाडौं- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने…

Read More

ललितपुर — राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । डा. कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनको स्पष्टीकरण कागजागतसहित निर्वाचन आयोगमा कारबाहीका लागि पठाइएको थियो । ‘ललितपुर-३ मा उम्मेदवार बन्नुभएकी डा.तोसिमा कार्की विरुद्ध परेको उजुरीमा मासिक पारिश्रमिक…

Read More

काठमाण्डाै – कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाट  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिला गुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

Read More

काठमाण्डाै – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा फिर्ता भएको छ । स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा नेयमार विरुद्ध मुद्दा चलाइएको थियो । नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८४ लाख पाउण्ड जरिबानाको माग दाबी थियो । तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिएका बीबीसीले जनाएको छ । ३० वर्षका नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए । यस्तै, नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी आएका थिए । नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोेमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको…

Read More

काठमाण्डाै – सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले निर्वाचन परिचालन साझा संयन्त्र निर्माण गरेका छन् । शुक्रबार  अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । संयुक्त विधार्थी संगठनका अध्यक्षहरू गठबन्धनका शीर्ष नेतृत्व र विधार्थी संगठनका पूर्व अध्यक्षहरूको निर्वाचन क्षेत्रको प्रचारप्रसारमा सहभागी बन्ने निर्णय पनि बैठकले गरेको छ ।  संयुक्त विधार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्ने, सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विधार्थी संगठनका पदाधिकारीहरूसँग आवश्यक समन्वय गर्ने र । गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न…

Read More

काठमाण्डाै – डोल्पामा हिउँ चितुवा र मानव द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवाले भेडा–च्याङ्ग्रा तथा चौरी मार्ने घटना बढेपछि हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको हो । केही समय अघि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ का डाक्वा गुरुङका ५२ वटा च्याङ्ग्रा हिउँ चितुवाले एकै रात मार्यो । त्योभन्दा अघि अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा मारिए । यसरी हिउँ चितुवाले गोठभरकै पशुचौपाया मारेपछि किसान पीडित हुनुको साथै द्वन्द्व पनि बढेको हो । आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । सन् २०१७ देखि २०२२ सम्म दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रालाई…

Read More

काठमाण्डाै – १५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदैछ । बङ्लादेशमा हुने  १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ जान लागेको हो । टोलीलाई हिजो बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बङ्लादेशमा हुँदैछ । च्याम्पियनसिपमा घरेलुटोली बङ्लादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले कार्तिक १७ गते भुटानसँग…

Read More

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०० पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६…

Read More

काठमाण्डाै – सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ। पूजा स्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजा कक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए। निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ। मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार…

Read More