Author: Dipak Dhamala

काठमाडौं – काठमाडौं महानगरपालिकाले स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको हो । विद्यालयले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्वस्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन र कसैलाई आमन्त्रण…

Read More

काठमाडौं – नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।  

Read More

सुर्खेत – सन २०२२ मा सुर्खेत जिल्लामा ७२ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु घटेका छन् । मानवअधिकार संस्था अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सुर्खेतमा मात्रै ७२ वटा घटना घटेका हुन् ।  जसमा सबैभन्दा धेरै माहिला तथा बालबालिकामाथी ज्यादतीका घटना घटेको इन्सेकको तथ्यांकमा उल्लेख छ । ०२२ मा महिलामाथी ४८ वटा घरेलु हिंसाका घटना घटेका छन् भने ९ वटा बलात्कारका घटना भएका छन् ।  बलात्कारमा अधिकाशँ बालिकाहरु पीडित भएको इन्सेकले जनाएको छ । तथ्याङ्क अनुसार एक वर्षको अवधिका सुर्खेतमा ५ वटा हत्याका घटना भएका छन् भने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा ४ वटा कुटपीटका घटनाहरु भएका छन् । …

Read More

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटा भन्दा बढी उडान भईरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिएर आउने गरेका छन् भने फर्किदा लुक्लाबाट यात्रु लिएर जाने गरेका छन् । चिसो छल्न खुम्बु छोड्ने स्थानीयको संख्या बढेसँगै फर्किने यात्रुको चाप अधिक भएको हो । जसका कारण एअरलाईन्सहरुको…

Read More

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकले ३ वटा सर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।  पहिलो, सङ्घीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रस्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका मूलभूत सिद्धान्तहरू सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रतिकुल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आएमा सरकारमा सहभागी नहुने बताएको छ ।  त्यसै गरी जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने पार्टीले एक सूचना जारी गर्दै जानकारी दिएको छ…

Read More

काठमाण्डाै – पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाएका छन् । खतिवडाका अनुसार आगलागीबाट घर पनि पूर्ण रुपमा क्षति भएको छ । विद्युत् लाइन…

Read More

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउदै बेइजिङको आलोचन गरेका छन् । अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता थियो, जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा, धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ, ’ उनले भने । एलएसीको  पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल  हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो । ‘मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ…

Read More

काठमाडौं – काठमाडौंको कलङ्कीमा मङ्गलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।   बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कायालयबाट संयुक्तरूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको  परीक्षणमा १४ सवारीसाधन असफल भए । सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।  यस्ता सवारी साधानले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको…

Read More

काठमाडौं – सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन् ।  बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा चार वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अमरबहादुर खत्रीले चरेशसहित पक्राउ परेका राजकुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको…

Read More

काठमाडौं – घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टी–२० क्रिकेटमा २ रनले विजयी भएको छ । योसँगै तीन खेलको टि–२० श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । वान्खडे मैदानमा गएराति भएको खेलमा भारतले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १ सय ६० रनमा समेटियो । श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।…

Read More