Author: Dipak Dhamala

काठमाडौं – मनाङ मर्स्याङ्दी क्लब छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  धनगढी रङ्गशालामा सोमवार भएको खेलमा बाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङका लागि तिमोथे कोडु र साइजमोलले १/१ गोल गरे । बाग्मतीका लागि सृजन गौतमले गोल गरे । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनल खेल चैत १५ गते हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम-११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६,…

Read More

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल वायुसेवा निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले सोमबार निगमलाई पत्र लेख्दै प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो ? भनेर स्पष्टीकरण सोधेको हो । नेपाल र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–काठमाडौं…

Read More

काठमाण्डौ – रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पहिरोको ज्योखिम क्षेत्रमा रहेका घरहरुको बीमा गर्ने भएको छ । उपमहानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बीमा गर्ने निणर्य गरेको हो । बुटवलको मिलनपथ, ज्योतिनगर र पाखापानी क्षेत्रमा रहेका रहेका घरहरुको तथ्याङ्क संकलन गरेर बीमा गर्ने योजना बनाएको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालय र टोल विकास संस्थाहरुको रोहबरमा जोखिम क्षेत्रका घरहरुको पहिचान, छानविन र तथ्याङ्क संकलन हुने बताउनुभयो । उहाँका अनुसार पहिरो प्रभावित क्षेत्रमा अहिले ग्याबिन लगाउने काम भईरहेको छ । विपद व्यवस्थापन समितिको बैठकले मिलनपथको लागि ५० लाख, ज्योतिनगरको लागि ३५ लाख, पाखापानीको…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याजी पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाएका छन्। विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने भने पनि पीडितले आश्वासन बाहेक केही नपाएको उनको भनाइ छ ।  सधैँ पीडितले काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकाले केही गर्न नसकेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।  ११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरे पछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरेको उनको दाबी छ। तर, पीडितहरूले खुल्लामन्चमै बस्न खोजेको उनको भनाइ छ ।उनले भनेका छन्, ‘हामीले सम्झाएर रत्नपार्कको…

Read More

काठमाण्डाै –पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौ वटा बमलाई आज साेमवार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नम्बर वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको ठाउँमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिनुभयो । प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतवार फेला परेका ८१ एमएम मोटरको बम (गोला) लाई निष्क्रिय पारेको हो । आइतवार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गल…

Read More

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । प्रदर्शनमा सहभागी धेरैजसो पीडितहरू महोत्तरीको बर्दिवासबाट ११ दिनको पैदलयात्रा तय गरेर हिजो आइतवार काठमाण्डाै उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्रीसमक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिवासदेखि पैदलै काठमाण्डाै आएका हुन् । यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीडितहरूलाई पशुपति धर्मशालामा बस्ने र खाने व्यवस्था मिलाएको भए पनि उनीहरू अटेरी गरेर खुलामञ्चमा प्रवेश गर्न लागेको बताउनुभएको छ । फेसबकुमा स्टाटस लेख्दै बालेन्द्र शाहले महानगरपालिका…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसअनुसार चितवन २ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकेको छ ।  कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिनेछन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको हो ।

Read More

काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताउनुभयो । उहाँले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको बताउनुभयो । उहाँले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताउनुभयो । उहाँले मेसिन खरिदका लागि सूचना…

Read More

 काठमाडाैं – कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ ।  यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे । “साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ”, उनले भने, “महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ । यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नुपर्छ ।” कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै टीकापुर…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् । संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ । प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् । आइतबार उनले प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग संवाद गरेका थिए । सभामुखले दलका प्रमुख सचेतकहरूसँग पनि यसबारेमा छलफल गर्ने बताएका छन्…

Read More