Author: Dipak Dhamala

 डोटी- डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन्। बिहीबार बिहान मतगणना सम्पन्न हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित भएका हुन्। उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका छन्। आलेले २७ हजार २१० मत प्राप्त गरे। एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए।राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत पाए।

Read More

बैतडी- बैतडी प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्। उनी १२ हजार ८३१ मतका साथ विजयी भएका हुन्। पालले आफ्ना निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पारे। भण्डारीले ११ हजार १८ मत प्राप्त गरे। नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे। यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो।

Read More

अछाम – अछाम क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा ख मा नेकपा माओवादीका झपट साउद  तीन हजार बढी मतको अन्तरमा विजयी भएका छन् । विहीबार सम्पन्न मत गणना अनुसार साउदले १२ हजार ११५ मत सहित विजयी भएका हुन् । नेकपा एमालेका कृष्णप्रसाद जैसीले ९ हजार १९ मत मात्रै पाए । प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार विजयी भएका थिए । मत गणना सकिएका दुई प्रदेश र जारी रहेका क्षेत्रमा पनि गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । यसैबीच भरखर प्राप्त मत परिणाम अनुसार अछामकै निर्वाचन क्षेत्र नम्बर-२ को क मा माओवादी केन्द्रका अक्कल बहादुर रावलले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । विहान ५…

Read More

 कैलाली- कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन्। २०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधारमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा तात्कालीन नेकपा (एमाले)का प्रेमबहादुरआलेसँग मन्त्री भएकै बेला पारजित भएका थिए।

Read More

कञ्चनपुर- कञ्चनपुर–२ नेपाली कांग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गर्दै साउद प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । साउदले २८ हजार १०० मत ल्याउँदा एमालेका धामीले २१ हजार ६४५ मत पाएका छन् ।

Read More

कञ्चनपुर- प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँद ३०६६ मतको अन्तरले अगाडि छन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार साउँद एमालेका उम्मेदवार नरबहादुर धामी भन्दा ३०६६ मतले अगाडि गएका हुन्। प्रतिनिधि सभा सदस्यको ३५३८१ मत गणना गर्दा साउँदको  १५४०९ मत छ। धामीको १२३४३ मत छ।  जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ९१० मा एमालेका उम्मेदवार अगाडि छन्।  उक्त निर्वाचन क्षेत्रमा २५६९५ मत गणना गर्दा एमालेका उम्मेदवार बचनबहादुर सिँले ७९५५ मत ल्याएका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाटले ७८४३ मत ल्याएका छन। नागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले ४२४८ मत पाएकी छिन्। कञ्चनपुरको निर्वाचन…

Read More

 कैलाली- कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा गठबन्धनका उम्मेदवार दीर्घबहादुर सोडारी र प्रदेश सभा २ मा गठबन्धनकै उम्मेदवार प्रकाश बमले अग्रता लिएका छन्।  प्रदेश सभा १ को २४३२५ मत गणना हुँदा गठबन्धनका उम्मेदवार दीर्घबहादुर सोडारीले १०५०७ मत ल्याएका छन्। उनका प्रतिद्धन्दी भीमबहादुर देउवाले ७६७७ मत ल्याएका छन्। नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार राजेन्द्र देवकोटाले ३३४० मत पाएका छन्। त्यस्तै  २२९७७ मत सदर र १३४८ मत बदर भएका छन्।  प्रदेश सभा २ मा १७८३८ मत गणना हुँदा गठबन्धनका उम्मेदवार प्रकाश बमले ७०३० मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिसिँह साउँदले ६७९२ मत ल्याएका छन्। मत गणनाको सुरुवातमा भने…

Read More

कञ्चनपुर- कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङको दोब्बर मतले अगाडि गएका छन्। प्रतिनिधि सभाको १४७६३ मत सदर भएकोमा तमाङले ८०६८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ४३६२ मत ल्याएकी छिन्। तामाङ लामा भन्दा ३७०६ मतले अगाडि छन्। प्रतिनिध सभाको ९२५ मत बदर भएको छ। ९९११० मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा १५६८८ मत खसेको थियो। प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार वीरबहादुर थापा अगाडि छन्। प्रदेश सभाको १३२४३ मत सदर भएकोमा थापाले ६६३६ मत ल्याएका छन्। थापाका प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार ९९४ मत ल्याएका छन्।  प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार…

Read More

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो ।  पहिलो स्थानमा रहेको एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९७ हजार ५४३ मत पाएको छ ।  यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार ९५५ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार मत कटाएको छ।  यस्तै जसपाले १६ हजार, जनमतले पनि १६ हजार तथा नेमकिपाले १३ हजार, नेकपा एकीकृत समाजवादीले ११ हजार तथा नागरिक उन्मुक्ति पार्टीले १०…

Read More

 कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट १७९२ मतले पछाडि परेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको जम्मा ४२२२९ मत गणना हुँदा लेखराजले १५५३८ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका वीरबहादुर बलायरले १७३३० मत ल्याउँदै अग्रता लिएका छन्। उक्त निर्वाचन क्षेत्रमा ३९४१६ सदर र २८१३ मत बदर भएका छन्।

Read More