Author: Dipak Dhamala

डडेल्धुरा – डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ । तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली बत्ती बलेको हाे । तर पटक-पटकको पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत आयोजनाको चर्चाले ठूला विकासका पूर्वाधार भने अझै संचालन हुन सकिरहेका छैनन् । बिजुली नपुगेका वडा नम्बर ४ र ५ का गाउँमा आर्थिक वर्ष २०७८/२०७९ मा करिब ५० लाख रकम बराबरको ठेक्का भएर विद्युत विस्तारको काम भइरहेको साेही गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनुभयाे । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुरासँग सहकार्य गरेर गाउँपालिकाले विद्युत विस्तार गर्ने काम अगाढी बढाए पनि पोल…

Read More

अत्तरिया – कैलालीको अत्तरियाबाट एक किलो बढी चरेश सहित एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका २ बसपार्कबाट बझाङको छब्बिस पाथिभारा गाउँपालिका – ६ बस्ने २९ बर्षीय सत्य नारायण फुलारा चरेश सहित पक्राउ परेका हुन । उनलाई बिशेष सूचनाको आधारमा बसपार्क पहाड लाईनमा धन बहादुर बुढाले संचालन गरेको छब्बिस पाथिभारा बझाङ होटलको ३ नम्बर कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शुक्रबार साँझ सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेती खटीएको संयुक्त प्रहरी फुलारालाई पक्राउ गरेको थियो । उनको साथबाट चरेश जस्तो देखिने कालो बस्तु १ किलो ५ ग्राम बरामद गरी नियन्त्रणमा…

Read More

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएकाे छ । हिजाे स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर ज्यान गएकाे हाे । माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएकाे वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिनुभयो ।

Read More

श्रीलङ्का – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् । शुक्रबार नै उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन् ।…

Read More

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी फुल्हमसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सी फुल्हमसँग गोलरहित बराबरीमा रोकिएको हो । रियलले घरेलु मैदानमा गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, फुल्हम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Read More

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक  आज ११ बजेका लागि बोलाएको छ ।  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक आव्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।  प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको…

Read More

काठमाडौँ – बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ। थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिसा पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण बनाएको हो। “यो उपकरण निर्माण गर्नुको मुख्य उद्देश्य बोल्न नसक्ने मान्छे र अन्य मान्छेबीच सञ्चारमा हुने बाधालाई कम गर्नु हो। यसले साङ्केतिक भाषालाई शब्द र आवाज दुवैमा रूपान्तरण गर्ने भएकाले दृष्टिविहीनलाई समेत उपयोगी हुने देखिएको…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो  १ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए ।  पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताए ।  गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए । रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी…

Read More

अछाम- अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो । दाउराका लागी रुख काट्ने रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् । स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापीएका उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष देवेन्द्र बोगटीले जनकारी दिएका छन् ।

Read More

अछाम- अछामको मंगलसेन नगरपालिका भित्र ६ सय ७८ जना अपांगता भएका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । नगरपालिका भित्रका १४ वटै वडाका ६ सय १० घरधुरिमा गरिएको एक सर्बेक्षणबाट सो तथ्यंक निकालिएको हो । मंगलसेन नगरपालिका भित्र ६ सय ७८ जना अपांगता भएका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । नगरपालिका भित्रका १४ वटै वडाका ६ सय १० घरधुरिमा गरिएको एक सर्बेक्षणबाट सो तथ्यंक निकालिएको हो । मंगलसेन नगरपालिकाले सेभ द चिल्ड्रेनको सहयोग तथा वाक नेपाल अछाम संगको समन्वयमा नगरका प्रत्येक वडाहरुमा गणकहरु खटाई अपाङ्गता भएका व्यक्तिको तथ्यांक सङ्कलन गरिएको र सो तथ्यंकमाथि छलफल तथा अभिमुखिकरण गरिएको छ ।…

Read More