Author: Dipak Dhamala

काठमाडौं – हामी सुरमीनालानिर पुग्दा अँध्यारोअँध्यारो हुन थालीसकेको थियो । कस्तो अचम्म ! मिटवा (छविलाल कोपिला) र नीमबहादुर थापादाजु चढेको बस र हामी एकैचोटि पुग्यौं सुरमीनालानिर । सल्लाह गरेजस्तै भयो । आज साँझ यहाँ आइपुग्ने हाम्रो सल्लाह भए पनि एकैचोटी पुग्ने सल्लाह भने गरेका थिएनौं । उहाँहरु देउखुरीबाट कोहलपुर, अतरिया, धनगढीहुँदै लगभग ३२० किलोमिटरको लामो फन्को मारेर आइपुग्नु भएको हो । म र ललित केसीभाइ नेपालगंजबाट सोझैं पश्चिमतिर हान्निएर आइपुगेका हौं । हामीले पनि हुलाकी राजमार्ग लगभग १२० किलोमिटरजति त छिचोलेको हौंला । सूर्य नउदाएको दिन उसै पनि अँध्यारै हुन्छ । चिसो मौसमको निष्ठुर प्रहारले कम्पन छुटिरहेको छ जिउभरी ।…

Read More

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जोशीलाई वडा प्रहरी कार्यालय (क) बैदाम कास्की पठाउदै उनको ठाउँमा डीएसपी कुलदिप चन्दको सरुवा गरेको छ । चन्द जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए ।

Read More

टेकसिंह धामी, धनगढी: बाँकेबाट पक्राउ गरेर धनगढी ल्याइएका नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरूणकुमार चाैधरीलाई आज अदालतमा पेस गरिने भएको छ। हिजो बेलुका चौधरीलाई बाँकेबाट काठमाडौं हुँदै धनगढी पुगाइएकोमा आज (शुक्रवार) १० बजेपछि जिल्ला अदालत कैलालीमा पेस गरिने भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जाेशीले चाैधरीलाई आजै अदालत पेस गरिने जानकारी दिए। चौधरीलाई हिजो राति जिल्ला प्रहरी कार्यालय कैलालीकै हिरासतमा राखेको पनि उनले बताए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। चौधरीलाई समातेर हिजो श्री एयरलाइन्सको नियमित उडान नम्बर एसएचए ४३९ मा काठमाडौं लगिएको थियो। त्यसपछि प्रहरी…

Read More

काठमाडौं – मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  । यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ । नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर…

Read More

काठमाडौं –  तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन् ।  हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ । पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्नेछन् ।

Read More

काठमाडौँ – प्रतिनिधि सभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो । प्रतिनिधिसभामा विजयी भएका सांसदहरू के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ  । जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफ्ना अनुभव साटेका थिए ।  आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद्…

Read More

बैतडी– बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला परेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। बिहीबार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। उनको कसरी मृत्यु भयो भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

Read More

काठमाडौँ – नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ । बेल्जियमको ब्रसेल्समा बसेको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्विपक्षीय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो । सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्स दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ  । दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगको सहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडि सार्ने विषयमा सहमति जनाएका छन् ।  युरोपेली सङ्घले नेपालको हवाई उडान सुरक्षित नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा अनुमति दिएको  छैन । यस विषयमा उच्चस्तरीय तहबाटै भएको पहललाई सङ्घले स्वीकार गरे पनि बारम्बार नेपालमा…

Read More

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए । बेचबिखनमा परेकी किशोरी कुवेतमा पु(याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ । गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।…

Read More

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे छ । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविराेधी षड्यन्त्र भइरहेकाे भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे हाे । उहाँ भन्नुभयाे, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’ साेही क्रममा उहाँले सडक संघर्षका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयाे ।

Read More