Author: Dipak Dhamala

दिपक धमाला काठमाडौं- नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे  । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।

Read More

भारतले आज मङ्गलवारदेिख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि नौ वटा बैंक छानिएका छन् । एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याउने भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ । केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रिप्टोकरेन्सीहरू जस्तै ब्लक चेन प्रविधिमा आधारित हुने र यस्तो मुद्रा निश्चित दरसम्म मात्र जारी गर्न सकिने भारतीय रिजर्भ बैंकले जनाएको छ । डिजिटल मुद्रा पनि नोट…

Read More

काठमाडौं- तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुनः उत्पादन सुरु गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राससलाई बताए । उनका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द…

Read More

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । १७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।  मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला…

Read More

काठमाडौं- निर्वाचन आयोगले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई निर्वाचन आचारसंहिता विपरीतका कार्यका विषयमा स्पष्टीकरण सोधेको छ । सो जिल्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले उक्त विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपि कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम…

Read More

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दार्चुलामा कात्तिक १८ गतेदेखि मंसिर १ गते सम्म मतदाता शिक्षा सञ्चालन हुने भएको छ । सोमबार हिजो जिल्ला स्तरिय मतदाता शिक्षा प्रचारप्रसार समितिको वैठकले कात्तिक १८ गते देखि १५ दिनसम्म मतदाता शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । निर्वाचनमा कसरी मतदान गर्ने भन्ने बिषयमा सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको समन्वय समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । उनका अनुसार निर्वाचन आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहलाई मतदाता शिक्षा सञ्चालनको जिम्मेबारी दिईएको छ । स्थानीय तहकै स्रोत साधन र जनशक्ति परिचालन…

Read More

धनगढी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका ७ चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्। देउवाले ४ दिनमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका छ। देउवा १७ गते डडेल्धुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका, २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुनेछन्। देउवासँगै ती चुनावी आमसभालाई प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा…

Read More

जुम्ला- जुम्लामा ४ मङ्सिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो । शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले जानकारी दिइन् । उनका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा आमसभा, नारा जुलुस, भीडभाड लगायतका गतिविधिमा रोक लगाइएको छ । ४ मङ्सिरको निर्वाचनका लागि मतपत्रबाहेक सबै ५४ प्रकारको सामग्री जिल्लामा आइसकेको जिल्ला निर्वाचन अधिकारी महेश…

Read More

काठमाण्डौ – नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ । अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर देशको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आउँदो चुनावका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीर भएर विचार गर्न अपिल गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मङ्गलवार डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा देशमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज मङ्गलवार एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, चुनावका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्ला–बेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताउनुभयो । निर्वाचन आचारसंहिता २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत…

Read More