Author: Dipak Dhamala

काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्लादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ । अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ विकेट गुमाएर १ सय ४७ रन बनायो । जिम्बाब्वेलाई जितको लागि अन्तिम बलमा पाँच रन चाहिएको थियो । अन्तिम बलमा जिम्बाब्वेले रन लिन सकेन । बङ्लादेशका खेलाडीले जितको खुसी मनाए, जिम्बाब्वेका खेलाडी हारेको भन्दै निरास भए र मैदानबाट बाहिरिए । तर रिभ्यु गर्दा अम्पायरले नो बलको सङ्केत दिएपछि दुवै टोलीका खेलाडी पुन: मैदानमा फर्किएका थिए । खेल जित्नको लागि जिम्बाब्वेलाई चार रन चाहिएकोमा नो बलमा समेत रन लिन नसकेपछि खेल बङ्लादेशले जित्यो । जिम्बाब्वेका लागि…

Read More

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार १ हजारले घट्दै सुरू भएको जनाएको छ ।आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको कारोबार तोलाको १२ सय रुपैयाँमा भइरहेको छ ।

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  गोरखा आउन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताएका छन् ।  आइतबार बिहान गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘निर्वाचनमा सहभागी हुँदै गर्दा सायद अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि यो निर्वाचन सबभन्दा सहज ठानेको छु’, प्रचण्डले भने, ‘यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुदैछ । ’उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए । राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध…

Read More

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियामा भागदौडमा परेर १ सय ५१ जनाको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत देउवाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाँले घटनाले आफूलाई दु:खित तुल्याएको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

Read More

काठमाडौं- कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर–०६ महाकाली स्कुल अगाडीबाट तीन जनालाई पक्राउ गरेको हो। सुपप्र०१००१ज१२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। उनीहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं-  निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताइकी छन्।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा शनिबार सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानूनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको बताइन्।  तुलाधरले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्त्व दिइएको बताइन। उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन।“निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन्। पत्रकारका सही सूचना हाम्रा…

Read More

काठमाडौं- फेसबुकको सन्चालक कम्पनी मेटाले  मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकको आकलन छ।  एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो । त्यसपछि आफूहरूले त्यस्ता विषयमा निगरानी गरिरहेको उक्त पोस्ट गर्ने एडमिनले दाबी गरेको छ । रिभ्यु रेक्वे रिक्वेष्टलाई पनि फेसबुकबाट वेवास्ता गरिएको एडमिनले गरेको पोस्टमा उल्लेख छ।

Read More

काठमाडौं- बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ। आइतबार बिहान करीब साढे नौ बजेको समयमा धक्का महसुश गरिएको हो। ९ बजेर २७ मिनेटमा गएको भूकम्प के–कती म्याग्नीच्युट वा रेक्टर स्केलको हो भनी जानकारी नआएको र क्षतिको विवरण पनि आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस बारे भूकम्प मापन केन्द्रमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन।

Read More

पाल्पा – नवलपरासीको बुलिङटार गाउँपालिकामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउने र घाइते भएकाहरुको पहिचान खुलेको छ । बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा रम्भा गाउँपालिका- १ हुँगीका अन्दाजी ४१ वर्षीया तारा विक, अन्दाजी १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवि गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षीया फूलमायाँ माझी रहेका छन् । गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा आज बिहान दुर्घटनामा परेको हाे । घाइते हुनेमा रम्भा गाउँपालिकाका ४ वर्षीय अङ्कित सुनार, १०…

Read More

लमजुङ- जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए ।मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन ।०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।

Read More