Author: Dipak Dhamala

अछाम — अछामका दुवै क्षेत्रमा सत्ता गठबन्धनका दलहरूले मनोनयन दर्ता गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम मन्त्री शेरबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा ‘क’ मा कांग्रेस सुदूरपश्चिमका महामन्त्री मेघराज खड्का र प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका नेता झपट साउदले निर्वाचन अधिकृतको कार्यालय साँफेबगर पुगेर मनोनयन दर्ता गरेका हुन् । यता क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धनका दलहरूले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभाका लागि प्रदेश ‘क’ बाट नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल र प्रदेश…

Read More

दिपक धमाला, काठमाडौं – चन्द्र प्रसाद ढुंगानाले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा अछाम क्षेत्र नम्बर २ बाट उनले मनोनयन दर्ता गरेका हुन् । महेन्द्रनगरपोष्ट सँग कुरा गर्दै उनले मनोनयन दर्तापछि ढुंगानाले देशलाई सशक्त बनाउन र मुलुकमा आशा जगाउन आफ्नो उम्मेदवारी रहेको बताए ।नयाँ पुस्तालाई पनि राजनीतिमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन आफ्नो उम्मेदवारी भएको उनको भनाई छ । ‘देशमा आर्थिक विकासको वातावरण सिर्जना गर्न नसकेसम्म हाम्रा अरु समस्याहरूको दिर्घकालीन समाधान हुन सक्दैनन्। त्यसैले प्रतिनिधि सभा सदस्यको उम्मेदवार दिएको छु’ उनले भने, ‘नयँ सोच, विचार र नेतृत्वलाई प्रतिनिधि सभा र प्रदेशसभामा पठाउन सके मात्र देशमा…

Read More

दिपक धमाला, काठमाडौं- नेकपा माओवादी केन्द्रका अकल रावलले अछाम क्षेत्र नम्बर २ को क बाट प्रदेश सभा सदस्यको टिकट पाएका छन् । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व सभासद शरदसिंह भण्डारी, माओवादी केन्द्रका केन्द्रीय समिती सदस्य राम प्र. तिमिल्सिैना र नेकपा माओवादी केन्द्रका अन्तर्राष्ट्रिय बिभाग सदस्य, पुष्पराज न्यौपाने टिकटको दाबेदार थिए । माओवादी क्षेत्रीय समितिले सो क्षेत्रबाट चार जनाको नाम सिफारिस गरेको थियो । चारै जनाले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन माओवादीलाई सकस परेको थियो । शनिबार राति पार्टीले रावललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै प्रतिनिधि सभातर्फकंचनपुर १:- बीना मगर बैतडी :- नरेन्द्र कुवर ‘बिजयसुन्दर’ कैलाली…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारबाट तीन जना चुनावी लड्दैछन्। प्रतिनिधि सभा सदस्यका लागि प्रचण्डले गोरखा–२ बाट चुनाव लड्ने तयारी गरेका छन्। यसअघि चितवनबाट निर्वाचित प्रचण्डले असुरक्षित भएपछि गोरखाबाट चुनाव लड्ने तयारी गरेका हुन्। प्रचण्डकी बुहारी विना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको उम्मेदवार छिन्। उनी पूर्व मन्त्री हुन्। प्रचण्डले आफ्ना कान्छा जुवाइँ जीवन आचार्यलाई समेत प्रदेशसभा सदस्यको टिकट दिएका छन्। उनले मोरङ क्षेत्र नम्बर ६ को ‘क’ का लागि टिकट पाएका हुन्। आचार्य पहिले कांग्रेस समर्थक हुन। उनी २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदासमेत कांग्रेसका उम्मेदवार चुमनारायण दबदारसँग पराजित भएका थिए।

Read More

काठमाण्डाै – सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ।

Read More

काठमाण्डाै – सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रतिनिधि सभाको सात र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ । हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो । सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेश सभा अन्तर्गत सप्तरी २ क, सिरहा ४ ख, धनुषा १ ख, धनुषा २ क, रौतहट २ क, बारा…

Read More

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम तोकेको छ ।  प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले  जनाएको छ ।

Read More

दिपक धमाला, काठमाडौं-  नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको हो। सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये नेकपा माओवादी केन्द्रले ४, कांग्रेसले ९ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ। आफ्नो भागमा परेका नेकपा माओवादी केन्द्रले ४ सिटमा उम्मेद्वार टुंगो लगाएको नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष उपाध्यक्ष अकल रावले बताए। प्रतिनिधि सभातर्फकंचनपुर १:- बीना मगर बैतडी :- नरेन्द्र कुवर ‘बिजयसुन्दर’ कैलाली २:- भगत बडुवाल कैलाली ३:- कृष्ण कुमार चौधरी प्रदेश सभातर्फ डडेल्धुरा (क) खगराज भट्ट कैलाली १ (ख) दिर्घ बिनाडी कैलाली…

Read More

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । हेर्नुहोस् दलहरुको समानुपातिक सूची- Download

Read More

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् ।  आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताए ।  उनले भने–‘असोज २३ गते बिहान…

Read More