Author: Dipak Dhamala

काठमाडौं- नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।  रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । आवेदन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ ।

Read More

गत  ४  मंसिरमा  सम्पन्न  आमनिर्वाचन  क्रममा  कुल  सदर  मतको  १०  प्रतिशत  प्राप्त  गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै  प्रतिनिधिसभातर्फ  २  हजार  ४  सय  ११  र  प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३५ उम्मेदवारी परेकोमा दुवैतर्फ गरी ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको जनाएको हो । आयोगका  अनुसार  प्रतिनिधिसभातर्फ  उम्मेदवार १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ ।  आयोगका अनुसार प्रदेशसभातर्फ २ हजार ८६ पुरुष,…

Read More

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो । संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन । २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत भएकाले गठबन्धनका नेताहरू प्रतिनिधिसभामा बहुमत पुग्ने आधारसहित प्रधानमन्त्रीको दाबी पेस गर्न राष्ट्रपतिसमक्ष गएका थिए। तर अहिले कुनै पनि दल प्रधानमन्त्रीको दाबी गर्न नगएको खण्डमा नयाँ सरकार गठन प्रक्रिया कहाँबाट र कसरी सुरु गर्ने भन्ने संविधानमा स्पष्ट व्यवस्था छैन । २०६३…

Read More

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् । कांग्रेसको एउटा टिमबाट संसदीय दलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा. कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै परिणाम नआउँदासम्म…

Read More

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतका सबै कानूनलाई एकीकृत रुपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेस गर्न समिति गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानून तर्जुमा समिति गठन गरिएको हो । मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पाँच सदस्यीय समिति गठन गरेकी हुन्। समितिमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि  तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक पीताम्बर घिमिरे, मन्त्रालयका सहसचिव जनकराज जोशी सदस्य रहेका छन् ।  समितिमा मन्त्रालयको भूमि व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पद्मनिधि सोती सदस्य सचिव रहेका…

Read More

चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् । यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशत कायम भएको छ । गत भदौमा ८ दशमलव ६४ प्रतिशत पुगेको उपभोक्ता मूल्यवृद्धि असोजमा ८ दशमलव २६ प्रतिशत कायम भएको थियो । सरकार र…

Read More

लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले खादा ओढाएर उनीहरूलाई सम्मान गरेका हुन् । सो अवसरमा सांसद घिमिरेले विश्वमा लुम्बिनीबाटै नेपाल चिनाउन सकिने भएकाले यसको विकासमा सबैपक्षबीच हातेमालो जरुरी रहेको बताए । लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उनले कोषको गुरुयोजना सम्पन्न गर्न सङ्घीय सांसदको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  निर्वाचन क्षेत्र…

Read More

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि  अहिले बिहान तराई भूभागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ ।  आज दिउँसो प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक  बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

काठमाण्डाै – बर्दियाको गुलेरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा गएको शुक्रवार चौधरी फिनल्यान्डकी राजदूत बन्नु भएको हो । बालिका तथा किशोरीको सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गर्दै आएको छ । यसै अभियानलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा समेत निरन्तरता दिइएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ । ‘गर्ल्स टेक ओभर’ अभियान अन्तर्गत गएको २३ गते फिनल्यान्डकी राजदूत रिना रिक्का हेक्काले एक दिनका लागि बर्दियाको गुलेरिया नगरपालिकाकी सृष्टि चौधरीलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको हो । उहाँले…

Read More

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो ।ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।   वालिद रेग्रागुईको टोली विश्वकपको फाइनलमा पुगेर इतिहास रच्ने प्रयासमा रहेको बेला एन–नेसरीको यो रेकर्ड बनेको हो । खेलमा मोरक्को साबिक…

Read More