फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो ।ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।
वालिद रेग्रागुईको टोली विश्वकपको फाइनलमा पुगेर इतिहास रच्ने प्रयासमा रहेको बेला एन–नेसरीको यो रेकर्ड बनेको हो । खेलमा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । अब मोरक्कोले शनिबार क्रोएसियासँग तेस्रो स्थानको प्लेअफमा भिड्नेछ ।
Facebook Comments Box