Author: Dipak Dhamala

 इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।  यो खेल वाङ्खेडे मैदानमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । दोस्रो खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स खेल्नेछन् । यो खेल अहमदाबादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । यी खेलबाट अंक तालिका समीकरण बदलिनेछ । अंक तालिका यो खेलपछि राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स र पञ्जाबको समान ६–६ अंक भएको छ । कोलकाता, चेन्नई, बेंगलोर र हैदराबादको समान ४ अंक छ । मुम्बई इन्डियन्सको २ तथा दिल्ली क्यापिटल्स अंकविहीन रहेको छ ।

Read More

काठमाण्डाै – सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसवर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १ देखि ५…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनले तेस्रोपटक प्रधानमन्त्री भएपछि आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यद्यपि आज पनि मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना न्यून छ । कांग्रेसले आज मन्त्रीका लागि एकजनाको मात्र नाम पठाएको छ । कांग्रेसले परराष्ट्रमन्त्रीको रूपमा कञ्चनपुरबाट निर्वाचित सांसद एनपी सावदको नाम मात्र पठाएको हो । उनको शपथ अपरान्ह ३ बजेका लागि तोकिएको छ । गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । आज सावदले शपथ लिएपछि पनि प्रधानमन्त्री प्रचण्डको काँधमा चार मन्त्रालयको जिम्मेवारी बाँकी नै रहनेछ । प्रचण्डले छिट्टै प्रचण्डले भारत भ्रमण गर्दैछन् ।…

Read More

 काठमाडौं – कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको छ । सशस्त्र प्रहरीको गोताखोरले शनिबार दिउँसो करिब २०० मिटरको गहिराइबाट बालिकालाई निकालेको हो । पोखरा महानगरपालिका- ८ नागढुंगा की १२ वर्षीया स्मृति पराजुली खेल्ने क्रमममा प्वालमा खसेकी थिइन् । जानकारी पाएलगलै पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीको टोलीले उनलाई निकालेको हो । उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । गएराति भएको खेलमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सले एक गोल गरे । लेस्टर सिटीका केलिची इहानाचोले एक गोल फर्काए । जितसँगै सिटीले ३० खेलमा ७० अङ्क जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । लेस्टर २५ अङ्कसहित १९औँ स्थानमा छ । समान ३० खेलमा ७३ अङ्क रहेको आर्सनल शीर्षस्थानमा कायमै छ । इङ्लिस प्रिमियर लिग फुटबलमा हिजो भएको खेलमा टोटनह्याम र चेल्सी पराजित भएका छन् । टोटनह्यामलाई बर्नमाउथले ३–२ गोलले हराएको हो । बर्नमाउथका माटियस भिना, डोमिनिक सोलान्के र डान्गो ओटाराले…

Read More

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।  प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।  गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सीमानाकामा गरिएको एन्टीजेन परीक्षणमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थयो। यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। सुदूरपश्चिममा हालसम्म ६ लाख ५४ हजार ४७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार १८७ जनामा संक्रमण देखिएको छ। सङ्क्रमणका कारण…

Read More

काठमाडौं – वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।शनिबार बिहान ५:१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको पारिवारिक स्रोतले जनाएको छ । ‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८४ वर्षसम्म संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा थिइन् । सत्यमोहन जोशीको एकसय चार वर्षको उमेरमा आठ महिना अघि निधन भएको थियो ।

Read More

काठमाडौँ- सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको छ । वैशाख १/२ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो । श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो । श्रम…

Read More

काठमाडौँ – भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश…

Read More