Author: Dipak Dhamala

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले दुई जना बालिकाको ज्यान जाने गरी कालीकोटमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ । आयोगले आज मङ्गलवार विज्ञप्ति निकालेर घटनाबारे स्थलगत अनुगमनका लागि टोली पठाएको जनाएको हो । कालीकोटको तिलागुफा नगरपालिका १० मा यही कात्तिक १२ गते भएको बम विस्फोटमा दुई जना बालिकाको ज्यान गएको थियो भने अन्य तीन जना बालबालिका घाइते भएका थिए । आयोगले यस्ता घटनालाई संवेदनशीलरूपमा लिइ स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । यस्तै पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न, आउँदा दिनमा यस्ता प्रकारका घटना नदोहोरिने वातावरणको…

Read More

दार्चुला- दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ। जिल्लाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले बताएको हो। गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका र उनी आज जिल्ला अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले बताएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका-११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका-२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

Read More

बैतडी- बैतडीको पाटन नगरपालिकामा भोलि (बुधबार) सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै पाटन-२ स्थित महारुद्र मन्दिरमा मेला लाग्ने हुँदा सार्वजनिक बिदा दिइएको जनाएको छ। नगरपालिका भित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ। महारुद्र धाममा हरेक वर्ष कार्तिक शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको दिनमा मेला लाग्ने गर्दछ।

Read More

कञ्चनपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बितेको पाँच वर्षमा नेकपा एमालेले जनतालाई विकासका नाउँमा गफ मात्रै दिएको आरोप लगाएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार रहेका नेता लेखकले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत क्रियाकलापका विरुद्ध गठबन्धन लडिरहेको बताए। ‘गएको निर्वाचनपछि ओली जी प्रधानमन्त्री भएपछि संविधान भत्काउने र अहिलेको व्यवस्था कमजोर बनाउने काम गर्नुभयो,’ नेता लेखकले मंगलबार दोधारा चादँनीमा घरदैलो कार्यक्रममा बोल्दै भने, ‘ओली जीले घरघरमा पुर्याउँछुँ भनेको ग्याँसको पाइप दोधारा चादँनीमा तपाईहरु कतिको घरमा पुग्यो ?” समुन्द्र नभएको मुलुकमा पानी जहाज ल्याउनेदेखि चीनबाट रेल ल्याउनेसम्मका गफ एमालेले…

Read More

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको सम्बृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् । चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभिचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो कांग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो । गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने । डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ । महरले आसन्न प्रतिनिधिसभा…

Read More

काठमाण्डाै – आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ कार्यालय फर्कने क्रममा गाडी दुर्घटना भएको थियो । सुवेदीले दिएको जिम्मेवारी सही ढङ्गले निर्वाह नगर्दा दुर्घटना भएको र कारबाहीको प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना…

Read More

सुर्खेत- जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षाकर्मीले लगाउने पोसाक अन्य व्यक्तिहरूले प्रयोग नगर्न उर्दी जारी गरेको छ । केही सर्वसाधारण तथा सुरक्षाकर्मीका नातेदारले समेत यस्तो लुगा लगाएको भन्ने सूचना आएपछि प्रशासनले यस्तो उर्दी जारी गरेको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुरक्षा निकायका व्यक्तिहरूले लगाउने पोसाक अन्य व्यक्तिहरूले लगाएको पाइएको खण्डमा कानुन बमोजिम कारबाही गरिने बताए । उनले भने, ‘उक्त पोसाक सुरक्षाकर्मी बाहेक अन्य व्यक्तिले प्रयोग गर्न पाउँदैछन् ।’

Read More

कास्की – पोखरा महानगरपालिका-३० शिसुवामा काैडा खेलिरहेकाे अवस्थामा २३ जना पक्राउ परेका छन् । स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय शिसुवाले पक्राउ गरेकाे हाे । उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएकाे कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धानकाे प्रक्रिया अगाडि बढाइएकाे तिवारीले बताउनुभयाे ।

Read More

कञ्चनपुर- कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच दोस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर पनि गरेको विकासका चर्चा सुनाउन पछि पर्दैनन् । “विगतका निर्वाचनमा एमाले र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा २४ हजार बढी मत ल्याएर पनि जित्न सकेनौँ”, उनले भने, “यसपटक गठबन्धन भएकाले…

Read More