Author: Dipak Dhamala

 काठमाडौं- बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया अगाडि बढाएको छ । वीर अस्पतालको अनुरोधपछि छानबिन प्रक्रिया अगाडि बढाइएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । आइतबार काउन्सिलका सदस्य तथा काउन्सिलका इथिकल समिति संयोजक डा. कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझको लागि वीर अस्पताल पठाइएको थियो । ‘अस्पतालले पत्र लेखेर घटनाको विषयमा अध्ययनका लागि अनुरोध गर्नुभएको थियो । हिजो डा. काउन्सिलले कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझ पठाएका थियौं,’ डा. अधिकारीले अनलाइखबरसँग भने, ‘उहाँले कागजपत्र संकलन गरी लेराउनु भएको छ । अब छानबिन प्रक्रिया अगाडि बढ्छ ।’ गत बिहीबार अस्पताल प्रशासन र बिरामी पक्षबीच तीन…

Read More

काठमाडौं – नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ । यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ । त्यसै गरी रु. २,५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन…

Read More

कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।  भीमदत्त नगरपालिका वडा नम्बर १८ फ्रि–लाईनस्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएका अन्दाजी २ लाख ५७ हजार मूल्य बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  बरामद गरिएका सामानमा मिठाई बनाउन प्रयोग हुने नरिवल पाउडर, बुरादा, सोना पापडी मिठाई लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको बताइएको छ। 

Read More

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो चुनावी घोषणापत्र तयार गरिरहेको छ । यसपटकको निर्वाचनका लागि २०७४ कै घोषणापत्रलाई परिमार्जन गर्ने काम भइरहेको घोषणापत्र तयारी समितिमा रहेको लोसपाका एक नेताले बताए ।‘नयाँ कुरा केही छैन सबै पुरानै छन्, २०७४ को घोषणापत्रलाई परिमार्जन गर्ने काम भइरहेको छ,’ ती नेताले भने, ‘चुनावको लागि घोषणापत्र औपचारिकता मात्र हो । मतदाता समक्ष जाने एउटा आधार हो । घोषणापत्रको काम अन्तिम चरणमा छ । यो साताभित्र सार्वजनिक हुन्छ ।’ती नेताका अनुसार लोसपाका अध्यक्ष महन्थ ठाकुरले घोषणापत्रलाई अन्तिम रूप दिइसकेका छन् । त्यसलाई अब छपाइका लागि प्रेसमा पठाइने छ । छापेर आएपछि त्यसलाई सार्वजनिक गर्ने लोसपाले जनाएको…

Read More

काठमाण्डौ – सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाण्डौ महानगरपालिका र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, आउँदो २ वर्ष वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिम लगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ । वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो । सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् । कार्यक्रममा महानगरकी उपप्रमुख सुनिता डङ्गोलले…

Read More

आइसिसी टि २० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३८ रन बनाए । यस्तै, नाज्मुल हसन शान्टोले २५, मोसाद्देक हुसैनले २० , सोम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाए । नेदरल्यान्डस्का पाउल भान मार्केन र बास डि लिडेले २–२ विकेट लिए । यस्तै, फर्द क्लासेन, टिम प्रिंगल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए । आइसिसी टि २० विश्वकप क्रिकेटमा आजै हुने अर्को खेलमा दिउँसो पौने…

Read More

काठमाण्डौ – नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार सत्तरीको डिल भन्ने ठाउँमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् । राति करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो लागेका तीन घरमा…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् ।सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरिन् । राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

Read More

काठमाडौं – बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।  सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए। “सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौँ।”  चुनावका बेला सर्पदंश केन्द्र सञ्चालन गर्ने प्रतिबद्धताअनुसार केन्द्रको स्थापना गरी सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । सर्पदंश लागे स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर…

Read More

काठमाण्डौ –  तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । यता नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुरहरुले कला प्रदर्शनी पनि गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट ठहरिएका कुकुरलाई पुरस्कृत समेत गरिएको छ । फोटो रातोपाटी

Read More