Author: Dipak Dhamala

पोखरा- पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।  शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, ‘विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा…

Read More

नेपालगञ्ज – कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।  कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ । भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीय महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि…

Read More

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ। डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ । डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ…

Read More

महेन्द्रनगर – महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेल्धुरा अस्पताललाई मात्रै कोभिड अस्पताल घोषणा गर्दा समस्या भएको हो । सरकारले महाकाली अस्पताललाई कोभिड अस्पतालको रुपमा नलिएपछि कोरोनाका बेला राखिएका कर्मचारीको करार सेवा थप…

Read More

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् । चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा…

Read More

काठमाण्डाै – नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै देशको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क्षेत्रमा चहलपहल र गतिविधि बढेको बताउनुभयो । ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटनमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकको चाप छ ।…

Read More

कञ्चनपुर – कञ्चनपुरमा तीन जना भारतीय डाँका पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो। गाउँमा लुटपाटका लागि आएका डाँकाहरुलाई स्थानीयले घेराबन्दी गरेका थिए। प्रहरीका अनुसार शुक्रवार राति एक र शनिवार बिहान २ जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनीहरुको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको छ।

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन । जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटाैँ स्थानमा रहेको छ । १७ खेलमा १७ अङ्क जोडेको लेस्टर सिटी १३औँ स्थानमा रहेको छ । अर्को…

Read More

काठमाण्डाै – आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराई/मधेसमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौमा लागेको हुस्सु कुहिरो घाम लाग्न थालेसँगै हट्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । आज बिहान काठमाण्डौको न्यूतनम तापक्रम ४ डिग्री…

Read More

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो । डीआईजी सिंह अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ प्रहरी उपरीक्षक हुँदा यस घटनाको अनुसन्धानमा खटिनुभएको थियो । गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी हुनुहुन्छ । उहाँहरूलाई यस घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम…

Read More