Author: Dipak Dhamala

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीकाे भइरहेकाे छ। आज दिउँसो  गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ। राती लुम्बिनी प्रदेशका साथै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।  तराईका केही  भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो।  फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र  प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो। बल पोसेसनमा पक्कड जमाए पनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन। फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो।  लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।…

Read More

काठमाडौँ – एक कार्यक्रमका वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन पुनर्गठनकाे आवश्कता भइसकेकाे बताएका छन् । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखे । वक्ताहरूले कम्युनिस्ट आन्दोलन पुनर्गठन नगरे अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् । संवाद डबलीमा बुधबार आयोजित ‘कम्युनिस्ट पार्टीहरुको पुर्नगठनको आवश्यकता र औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिस्ट संकटतर्फ उन्मुक भएको बताउँदै पुनर्गठनकाे आवश्यकता रहेको बताए । उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, राष्ट्रवादीहरू, प्रगतिशील तप्काहरू एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै बुढाथोकीले विचार मिल्नेहरुबीच एकता र नभए न्यूनतम कार्यक्रममा सहकार्य…

Read More

काठमडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणिकरण गरी जारी नगरेको आन्दोलन गर्ने चेतावनी दिइएको छ ।बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्च र बहुजन शक्ति पार्टीले सो चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीले जारी गर्नेपर्ने धारणा राखे । पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिमात्रै नपुग्ने भन्दै विना कारण जेल, कारागारमा राखिएकाहरुलाई क्षतिपूर्तीसहित आममाफी दिन माग समेत गरे । पूर्वमन्त्री समेत…

Read More

उदयपुर – उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पक्षी हुचील लोप हुँदै गएको छ । बासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचील आजभाेलि यस क्षेत्रबाट लोप हुँदै गएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापकरुपमा पाइने हुचील हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताउनुहुन्छ । ‘केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचील जताजतै पाइन्थ्यो’, उहाँले भन्नुभयो । केही वर्षयता यसको सिकार हुन थालेको र केहीले…

Read More

काठमाण्डाै – आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त हुनुभएको छ । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्नुहुने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्धान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसक्नु भएको छ । काठमाण्डौ पानीपोखरीमा रहेकाे आईएमई कम्प्लेक्सको टाउन हल मिटिङमा नवनियूक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलवार हिजाे एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्ध…

Read More

बैतडी-  बैतडीमा यस बर्ष धान उत्पादन वृद्धि भएको छ। गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। ज्ञान केन्द्र बैतडीका अनुसार यस बर्ष जिल्लामा १ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो। ८ हजार ५५० हेक्टर क्षेत्रफलमा यो बर्ष १७ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कडेलले जानकारी दिए। गत बर्ष बैतडीमा १६ हजार २० मेट्रिक टन धान उत्पादन भएको थियो। गत बर्ष धान भित्र्याउने बेलामा बर्षा भएकाले धान उत्पादनमा कमी आएको थियो। यो बर्ष समयमा पानी परेका कारणले रोपाइँ पनि समयमै सकिएको…

Read More

काठमाण्डाै – सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै हिजाे रिट निवेदन दायर गर्नुभएको छ। रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाइएको छ । याे निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियोे भने नेता खनालले २३ हजार ८९ मत प्राप्त…

Read More

काठमाण्डाै – निर्वाचन आयोगको दोस्रो पत्र अनुसार नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेस प्रदेशको उम्मेदवार छनोट गर्ने निर्णय गर्दा गरेको त्रुटि सच्याएको छ । एमालेलाई त्रुटि सच्याउन आयोगले गरेको आग्रहमा पुनः त्यही सूची नै पठाएपछि हिजो आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न सकेन । एमालेले प्रदेश १ को अल्पसङ्ख्यकतर्फ लहरूमाया जिमी (याक्खा) नामको सट्टा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसङ्ख्यकको प्राथमिकता क्रम सङ्ख्या ८ को यशोदा कायस्थको नाम कायम गर्न आग्रह गरेको छ । त्यसैगरी मधेस प्रदेशतर्फ शीला यादवको सट्टामा राजपतिदेवी जैसवाल र नाजिमा खातुनको सट्टामा जैनव खातुनको नाम कायम गरिदिन एमालेले आयोगलाई आग्रह गरेको छ । योसँगै मंसिर…

Read More

काठमाण्डाै – काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ । बेथानचोक गाउँपालिका-४ सल्लाफेदमा हिजो बेलुकी बा ३ ख ४३८५ बस दुर्घटना हुँदा चालक ललितपुरको महाङ्काल घर भइ अहिले पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका आकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी श्रेया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस्तै, काभ्रेको मण्डन देउपुर नगपालिका-१ बस्ने ३७ वर्षकी जेलिना तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने…

Read More