Author: Dipak Dhamala

काठमाडौं – अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे । मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ? अल्फाबिटाका प्रतिनिधिले नगरपालिकामा के हुन्छ त ? भनेर प्रतिप्रश्न गरे । आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए । बालेनले पत्रिकामा निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिएर…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।  ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिनु हुन निर्देशन अनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ।  सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, बर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ ।  यस्तै  नगद, सुन, चाँदी, हिरा, जवाहरातको परिणाम प्राप्त मिति…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।      

Read More

काठमाडौं – वर्तमानसहित भूपू दुई सेनापति,थुप्रै तीन तारे र केही एक-दुई गरी झण्डै ७० जना पुराना जर्नेललाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले रात्रीभोज छलफल आयोजना गरेको २० घण्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले जङ्गी अड्डा छिर्नुभएको छ । ४ वटै कमाण्डका सेनापतिहरुलाई आज दुई दिने चुनावकेन्द्रित बृफिङ्गका निम्ति भद्रकाली डाकिएको छ । राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले आज सोही भेलाको उदघाटन गर्न लाग्नुभएको हो । सम्भवत: यसमार्फत हिजो शीतल निवास भेलाको उपादेयतालाई काउन्टर दिन लागिएको पनि हुनसक्ने पर्यवेक्षकहरुको आकलन छ ।

Read More

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकामा अनधिकृत संरचना भत्काउने अभियानको आलोचना गरेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले बुधबार मात्र डोजर लगाएर काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनाइएका अनधिकृत संरचना भत्काएका छन्। यो अभियान उनले निरन्तर जारी रहने पनि जनाएका छन्। तर वैकल्पिक व्यवस्था नगरी त्यसरी विस्थापन गर्न नहुने तर्क साम्पाङले गरेका छन्। सन्दर्भ नखुलाई उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ।’ धरानको मेयर साम्पाङले केही दिनयता आफूजस्तै​ स्वतन्त्रबाटै काठमाडौं महानगरको मेयर बनेका शाहको आलोचना गरिरहेका छन्।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ११ भदौ (शनिबार) राजधानीको खुलामञ्चमा उपत्यका भेला आयोजना गर्दैछ। काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गर्न लागिएको सो पार्टीले जनाएको छ। संचारकर्म छाडेर दल दर्ता गराएका पार्टीका सभापति रवि लामिछानेले खुलामञ्चलाई साक्षी राखेर परिवर्तनको घण्टी बजाउने तयारीमा रहेको बताएका छन्। ‘ठूला राजनीतिक परिवर्तनको उही खुलामञ्चलाई साक्षी राखेर हामी परिवर्तनको घण्टी बजाउँदैछौं,’ लामिछानेले भनेका छन्। गत ७ असारमा राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरिएको थियो।

Read More

काठमाडौं – भारतले मिचेकाे ठाउँ ब्यास दार्चुलामा नेकपा(बहुमत)ले संगठनले निर्माण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को आयोजनामा संचालित राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियान अन्तरगत दार्चुला जिल्लामा गौरलमाण्डौ मावि दुहुँ गाँउपालिक-२ हिकिला मेनुका बमको अध्यक्षतामा १७ सदस्य १२ कक्षाको कक्षा कमिटी, विरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्य १० कक्षाको कक्षा कमिटी र हिमालय मावि ब्याँस गाउँपालिका-६ हुतिमा तुल्सी महरको अध्यक्षतामा ९ सदस्य अखिल (क्रान्तिकारी)को मुल इकाइ कमिटी गठन गरिएको छ। सो अभियानका कमान्डर जिल्ला इन्चार्ज प्रकाश थापाले जानकारी दिएका छन् ।

Read More

काठमाडौं – साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले घरेलु इतिहाद रंगशालामा चेल्सीलाई निम्त्याउने छ । यसैगरी नटिङ्घम फरेस्टले टोटनहम तथा म्यानचेस्टर युनाइटेडले काराबाओ कपको तेस्रो चरणमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता लिभरपुलले लिग वानको टोली डर्बी काउन्टीसँग खेल्दा लिग टु का न्युपोर्ट काउन्टी र जिलिंगहम ले क्रमस:  लेस्टर सिटी र ब्रेन्टफोर्डको भ्रमण गर्नेछन् । प्रिमियर लिगको शीर्ष टोली आर्सनलले ब्राइटनको सामना गर्दा उल्भ्सले लिड्सलाई निम्त्याउनेछ । न्युक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछन् । काराबाओ कपको तेस्रो चरणका खेलहरु नोभेम्बर ८ र १० मा हुनेछन्…

Read More

काठमाडौं- तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका ३ वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो। साँझ करिब ६ बजे घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए। परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछिपछि कुदिन्। करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएको प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए। घाइते परियारको बन्दीपुर…

Read More

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ बाट एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।  पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् । क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ।  यस्तै प्रदेशतर्फ ५(क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा  रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, राजाराम भण्डारीलगायतको नाम सिफारिस रहेको छ।  सत्ता गठबन्धनभित्र रहने भागबण्डामा समाजवादीले काठमाडौंका कम्तिमा २ संघीय क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ । जसमा क्षेत्र नम्बर ५ मा समाजवादीको दाबी…

Read More