Author: Dipak Dhamala

काठमाण्डाै – विश्व स्वास्थ्य दिवस, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, नि:शुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ । कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि…

Read More

धनगढीः नेपाली सेनाले एमबिबिएस डाक्टरदेखि एयर ट्राफिक कन्ट्रोलनको दरखास्त आह्वान गरेको छ। नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको हो। उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा भनिएको छ।  आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिन्छ।

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले हराएको छ । गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो । बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । कोलकताका शार्दुल ठाकुरले सर्वाधिक ६८ रन तथा रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए ।…

Read More

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यो महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना निकालेर इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । “सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ”, पत्रमा भनिएको छ । यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । छ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ । इजाजतपत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ…

Read More

काठमाण्डाै – आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन पनि निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको हिजोको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । बैठकले बारा क्षेत्र…

Read More

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनको साझा न्यूनतम कार्यक्रमबारे छलफल भइरहेको छ ।  कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ । सो कार्यक्रमलाई आजको बैठकले अन्तिम रूप दिने बताइएको छ । गठबन्धनको बैठकले अनुमोदन गरेपछि आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।  नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो साझा न्यूनतम कार्यक्रम बनाएको हो ।

Read More

बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् । बारा पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताए ।  बाराको कलैया स्थित एक होटेलमा भएको भेटमा चुनावी सहकार्यका विषयमा पनि छलफल भएको नेता नेपालले बताए । उनले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गरे ।  सो अवसरमा अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका थिए ।

Read More

काठमाडौँ । बाँकी रहेका कलेजहरूमा यही चैत ३० गते स्ववियु निर्वाचन गराउन विद्यार्थी सङ्गठनहरू सहमत भएका छन्। नेविसंघ, अनेरास्ववियु , अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते चुनाव  गराउन सहमति भएको हो।  विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका कलेजहरूमा त्रिविले सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन भनेका हुन्।  विद्यार्थी सङ्गठनहरूको तालाबन्दी तथा अवरोधका कारण कतिपय कलेजहरूमा स्ववियु चुनाव हुन सकेको छैन।

Read More

डडेल्धुरा – अमरगढी नगरपालिका–३ घर भएकी अनिता विष्ट उमेरले ९१ वर्ष पुगिन् । उनका दुईवटै आँखाले ज्योती गुमाइसकेको छ । एक छोरा र पाँच नातिनातिनीहरू छन् । अनिताले नागरिकता भने पाएकी छैनन् । नागरिकता पाउनबाट वञ्चित उनी सामाजिक सुरक्षा भत्ताबाटसमेत वञ्चित छिन् । जिल्ला प्रशासन कार्यालय उनको घरभन्दा करिब पाँच किलोमिटरको दूरीमा छ । वडा कार्यालय करिब एक किलोमिटिरको दूरीमा छ तर हालसम्म विष्टले नागरिकता पाएकी छैनन् । जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता उपलब्ध गराउने अभियान सञ्चालन गरेको छ तर विष्ट कहाँ भने प्रशासनको टोली अmभै पुग्न सकेको छैन । वडामा निर्वाचित जनप्रतिनिधिहरूले नै उहाँलाई नागरिकता उपलब्ध गराउन…

Read More

डडेल्धुरा – डडेल्धुरा सात पहाडी जिल्लाको केन्द्र हो । तराइबाट सुदूरपश्चिमका अन्य ६ पहाडी जिल्ला जाँदा डडेल्धुरा भएर जानुपर्छ । नेपाललाई ७५ जिल्लामा विभाजन गर्नु अगाडि डोटी जिल्लाबाट डडेल्धुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गरेको थियो । ५४ बर्ष अगाडि डडेल्धुरा जिल्ला कस्तो थियो ? भन्ने विषयमा धेरैलाई जानकारी नहोला । सन १९६६ देखि १९६८ सालमा अमेरिकाबाट आएका ‘पीस कोर भोलेन्टर’ न्यान्सी ह्याच र डअ ह्याचले ५४ वर्ष अगाडि खिचेका फोटो सार्वजनिक गरेका छन् । फोटो : अमेरिकन पीस कोर भोलेन्टेर न्यान्सी ह्याच, डअ ह्याचरराउण्डस् इमेजिङ

Read More