Author: Dipak Dhamala

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अछाममा रहेको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा पुगेर अवलोकन गरेका छन्। उनले रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल, जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गरे। साथमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा , सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद, रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि, कर्मचारी, स्थानीयहरूको सहभागीता रहेको थियो। रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा…

Read More

बागमती प्रदेशको मन्त्रालयको भागबन्डा मिलाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे बानेश्वरमा बस्ने तय भएको छ ।  भागबन्डाको विषय मिलाउन समस्या देखिएपछि सङ्घीय सरकारको पूर्णता पछि बागमती प्रदेशको सत्ता भागबन्डाको अन्तिम निर्णय लिने तयारी गरिएको भए पनि मंगलबार गठबन्धनका २ वटा दलले मन्त्रालय भागबन्डाको विषय मिलाउन कार्यदल गठन गरेका थिए ।  प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्रको काठमाडौँमा बसको बैठकले मन्त्रालयको भागबन्डा मिलाउन कार्यदल बनाएको थियो । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री जम्कट्टेलले भागबन्डा मिलाउन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको…

Read More

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित  बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ।  पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार भने देशका पहाडी भू-भागका साथै तराईका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाण्डाै – आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३ सय ३३ रनमा अलआउट भयो । पीएनजीका चार्ल्स अमिनीले १ सय ९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो ।…

Read More

धनगढी: बाजुरा केन्द्रविन्दुर बनाएर फेरी भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बेलुका ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो। गत आइतवार पनि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

Read More

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने  विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अनुमोदन गर्नेछ ।  ‘पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका…

Read More

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भएकी छन् । साबिक विजेता नेपालले भने चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिता अन्त्य गर्‍यो । आमन्त्रित टोली रुस शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । नेपालले प्रतियोगितामा भुटानलाई मात्र हराउन सक्यो । ४ खेलमा नेपालले एकमा जीत हासिल गर्‍यो भने एकमा बराबरी र दुईमा पराजय बेहोर्‍यो । पहिलो खेलमा नेपाल भारतसँग पराजित बन्यो भने दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । तेस्रो खेलमा रुससँग हारेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी गर्‍यो । प्रतियोगितामा भारतकी सिल्जी साजीले ८ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । रुसकी एलिना…

Read More

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचन पुनः सरेको छ । यसअघि चैत १८ गते स्ववियु निर्वाचन हुने भनिएको थियो । तर, चुनावको तयारी नपुग्ने भन्दै विद्यार्थी सङ्गठनहरूले आग्रह गरेपछि चैत २४ गते चुनाव गराउने निर्णय गरिएको हो ।  अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थी सङ्गठनहरूको सर्वपक्षीय सहमति अनुसार स्ववियु निर्वाचन चैत्र २४ गराउने निर्णय भएको बताए ।  यसअघि चैत ५ गते निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट उच्च अदालत पाटनमा रिट दायर गरिएका थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश अनुसार क्याम्पसले चैत १८ मा…

Read More

शुक्रबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुँदैछ । सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसईईको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डको अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ । यस वर्ष विदेशबाट पनि परीक्षार्थीहरु परीक्षमा सहभागी हुनेछन् । बोर्डको अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरु ४० जनाले जापानबाटै परीक्षा दिन लागेका हुन् । बालबालिकाहरुले जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढिरहेका छन् ।…

Read More

काठमाण्डाै – न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् । धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ । हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाण्डौको चिसोले पनि छोएको छ । गएको २ गते बर्दिबासबाट हिँडेका उनीहरुमध्ये धेरैजसो खाली खुट्टै काठमाण्डौ आइपुगेका छन् । गएको आइतबार मातातीर्थमा…

Read More