Author: Dipak Dhamala

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन  २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।  

Read More

बैतडीः बैतडीमा गाईको हत्या गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिनुभयो। मदिरा सेवन गरी सोमवार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको प्रहरी निरिक्षक जोशीले बताउनुभयो। गाईलाई मार्ने भूल सोमबार राति नै नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कोरोना महामारीका कारण विश्वभर ८० लाखभन्दा धेरै बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा ८० लाखभन्दा धेरैको सङ्ख्यामा बालबालिका अनाथ भएका पाइएको छ । कोभिड महामारीको प्रभावबारे खोज तथा तथ्याङ्क अनुसन्धान गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा अमेरिकामा मात्रै दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् । उनीहरु आर्थिक, शैक्षिक एवं मानसिक चुनौती झेल्न बाध्य भएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुर्व्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवं मानसिक विकास तथा मानसिक स्वास्थ्यका…

Read More

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नगरपालिकाले अब देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औं स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए । मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजे अनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । ‘वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ,’ उनले भने । जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो । प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरूपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा शहरलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले…

Read More

विराटनगर – सातौं संस्करणका विराट गोल्ड कप फूटबल प्रतियोगिताको मंगलवार राति विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा ट्राइब्रेकरमा भारतको लुका सकरले एपीएफलाई ४–२  गोलले पराजित गरेको छ । तस्वीर : मनोज दाहाल/रासस

Read More

काठमाडौं – चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ। काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।

Read More

काठमाडौँ – आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि पनि देशका पहाडी भू-भाग र तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफलभ भएनपनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ । 

Read More

काठमाडौं- सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका  ३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा कामगर्ने उनीहरूबीच आपसका झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सोही झगडामा दाइ रामचन्द्रले भाइलाई टाउको सहित सरिरको विभिन्न भागमा चोटपटक लागेका थिए। उनको उपचारको क्रममा दुईदिनपछि मृत्यु भएको थियो । भाइको मृत्युपछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग…

Read More

काठमाडौं- ओहोदाको विवादले नेपालको राष्ट्रिय राजनीतिलाई बेला मौकामा तताइरहेको हुन्छ । कार्यकारी पदमा छँदा मात्र होइन, भूतपूर्व भइसक्दा पनि आफ्नो मर्यादा नघटोस् भनेर लबिङ नै चल्ने गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेपछि यस विषयले थप चर्चा पाएको हो । नयाँ मर्यादाक्रममा राजालाई हटाइएको छ भने स्थानीय जनप्रतिनिधिलार्ई सरकारका कर्मचारीभन्दा माथिल्लो स्थान दिइएको छ । गैरसरकारी विधेकयकका रूपमा आएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक आइतबार राष्ट्रियसभाबाट स्वीकृत भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । जनप्रतिनिधि र कर्मचारीबीचको मर्यादाक्रम मिलाउन नसक्दा मर्यादाक्रममा…

Read More