Author: Dipak Dhamala

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।  अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो। सोही रिटमा आज सुनुवाइ हुन लागेको हो ।  अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ…

Read More

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल  शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए। राष्ट्रपति पौडललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले दिएको जानकारीअनुसार पौडेलको स्वास्थ्य सुधारोन्मुख छ।  राष्ट्रपतिको सिटी स्क्यानलगायत परीक्षणसमेत गरिएको छ। डा. महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली राष्ट्रपतिको उपचारमा संलग्न छन्।

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।  सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

Read More

काठमाडौं – सुदूर पश्चिममा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त हुदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले रावललाई विश्वासको मत दिने÷नदिने अनिश्चित थियो । काँगे्रसले त्यही समय नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर गर्दै प्रदेश सरकारको नेतृत्व गर्न आग्रह ग¥यो । सात जना सांसद रहेको नाउपालाई १९ सांसद सहितको प्रदेश सभाको ठूलो दल काँग्रेस र एक जना स्वतन्त्र सांसदले समर्थन गर्ने निश्चित थियो । त्यसमाथि चार जना सांसद रहेको समाजवादी पार्टी पनि काँग्रेसकै साथमा थियो । काँग्रेसको प्रस्ताव स्वीकार गरेको भए प्रदेश सभाको चौथौ ठूलो दल नाउपाले सहजै मुख्यमन्त्री पाउने थियो । रेशम चौधरीको रिहाईको रिहाईलाई पहिलो शर्त बनाउदै आएको…

Read More

काठमाडौं । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए । कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ बनेको छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री बनेका छन् । जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता…

Read More

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शनदेखि झन्डासमेत निषेध गरेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनमा मन्त्रीहरू जानसमेत निषेध गरिएको छ ।  आयोगका प्रवक्ता शालिग्राम पौडयालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरकारी कर्मचारी पनि उम्मेदवारको मनोनयनमा जान नहुनेसहित १० बुँदे आचारसंहिता स्मरण गराएका हुन ।  ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने,’ आचारसंहितामा भनिएको छ, ‘उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिन्ह र झण्डा सहित जान…

Read More

धनगढी – नयाँ वर्ष २०८० को पुर्वसन्ध्यामा फाप्ला खेल मैदानमा पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ । विगत ११ वर्षदेखी हुँदै आएको एसटीएस धनगढी पेनाल्टी सुट आउट प्रतियोगिताले यस वर्षपनि निरन्तरता पाउने भएको हो । रकस्टार मिडियाको आयोजनामा हुन लागेको एसटीएस पेनाल्टी सुटआउट प्रतियोगितामा कम्तिमा ४० टिमको सहभागिता रहने प्रतियोगिताका अध्यक्ष दिनेश श्रेस्ठले जानकारी दिएका छन् । ३५ वर्ष माथीका खेलाडीले मात्रै खेल्न पाउने पेनाल्टी सुट आउट प्रतियोगिता यस वर्ष निशुल्क प्रवेश सहित फाप्ला खेल मैदानमा गरिन लागेको श्रेस्ठले बताए । प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने आयोजकले बताएको छ । उप विजेताले ७५…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ । सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदाे यात्राको सङ्केत गर्छ । तर प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिन भने नयाँ गठबन्धन बनाउने, भत्काउने र पुरानै गठबन्धनमा फर्किने राजनीतिक दाउपेचमै बितेको छ । आफ्नो तेस्रो कार्यकालमा इतिहासमा सम्झनालायक केही काम गर्छु भन्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले सातौँपटक पुनर्गठन गर्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । प्रधानमन्त्री प्रचण्ड परिणाममुखी काम गर्नुभन्दा पनि प्रचारमुखी मात्र भएको र सत्ता टिकाउनमै ध्यान केन्द्रित गरेको भन्दै आलोचना भइरहेको छ । प्रधानमन्त्रीको शपथ खाएलगत्तै सरकारी सेवालाई…

Read More

बझाङः सुदूरपश्चिमको प्रशिद्ध तथा ऐतिहासिक धार्मिक मेला बान्नीकी चैतलीमा श्रदालु तथा दर्शनार्थीहरुले बान्नीकी कांकर र बान्नी मष्टाको दर्शन गरि आज मेला मनाइँदैछ। हरेक वर्ष चैत शुक्ल अष्टमीबाट छबिसपाथिभेरा गाउँपालिका–३ बान्नीकोटमा सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा सम्म लाग्ने गर्दछ। मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका करियाहरूले बताए। परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्दछ। सुर्मा देवीले भाला प्रहार गरी दानवको वध गरेको प्रतिकका रुपमा…

Read More

काठमाण्डाै – चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको छ । यस्तै, बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता विपरीतका ब्यानर, चिह्न र झण्डा लिएर पनि जान पाइँदैन । उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड पनि प्रयोग गर्न नपाइने आयोगले जनाएको छ । चुनावमा भाग…

Read More