Author: Dipak Dhamala

काठमाडौं – आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन,…

Read More

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ रामचन्द्र सङ्घाई प्यानलबाट विजयी हुनुभएकाे हाे। श्रेष्ठले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्नुभयो । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ र आचार्यले ७ सय ८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । उहाँले महिला नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताउनु भयो । उहाँले जित्न कठिन भए पनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गर्नुभयो । उहाँले आफूलाई आउँदाे दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको…

Read More

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । लिगको आठौँ चरण अन्तर्गत आज अन्तिम दुई खेल हुन लागेका हुन् । आजको एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । चर्च ब्वाइज ७ खेलमा १३ अङ्कका साथ चौथो र समान खेलमा फ्रेन्ड्स ४ अङ्कका साथ पुछारमा छ । यस्तै, एन्फा कम्प्लेक्समा पुलिस क्लब र थ्रीस्टार क्लबबीच दिउँसो २ बजे खेल हुनेछ । पुलिस ७ खेलमा ४ अङ्कका साथ १३औँ स्थानमा छ । समान खेलमा थ्रीस्टार ११ अङ्कका साथ…

Read More

काठमाण्डाै – उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बुधवार महासंघको ५७ औँ चुनावी साधारण सभाबाट उनी जिल्ला र नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा विजय भएका हुन् । जम्मा ११७ मत खसेकोमा उनले ६६ मत ल्याएर विजय हासिल गरे । जिल्ला र नगरको (खुल्ला तर्फ) १८ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्यको कोटामा ३२ जनाको उम्मेदवारी परेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि भुगोलबाट महासंघ केन्द्रीय सदस्य नै थिए ।

Read More

काठमाण्डाै – कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल)को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिकलाभ हुने गरी बदनियतपूर्ण ढङ्गले आर्थिकलाभ गराई राज्यलाई हानी–नोक्सानी पु¥याएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारद्वारा जारी आरोपपत्रमा उल्लेख छ । शुल्क उठाउने…

Read More

कैलाली – कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–१ ब्लक नं। १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ वस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ वस्ने वर्ष ५६ का उदय राब ढुङगाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्। त्यस्तै सोही  ठाउँकै  वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन…

Read More

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ । यसका लागि बिहीबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो । एक वर्षदेखि न्यायपालिका नेतृत्वविहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर सङ्घर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ । यसबारे भेटमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउन र प्रधानन्यायाधीश…

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो । चेन्नईका डेभोन कन्वेले ५० रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ३२ रनमा अविजित रहे । अजिक्का राहाने ३१ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २/२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय…

Read More

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब दिउँसो दुई बजे खेल्दैछन् । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा ९ अंकका साथ नवौं स्थानमा छ । यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा छ । सातदोबाटो १३ अंकका साथ चौंथो…

Read More

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More