Author: Dipak Dhamala

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु० निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् । सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसपछि दोस्रोमा वीरगञ्जस्थिति ठाकुरराम क्याम्पसमा १० हजार २ सय ६२ ले मतदान गर्नेछन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्याङ्कअनुसार धेरै विद्यार्थी भएका क्याम्पसको…

Read More

काठमाडौँ । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदान स्थलमा नै मत गणना गर्नेछौँ र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौँ,’ पौडेलले भने । सङ्घीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद् अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मत परिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पूरा गरेको छ । आज हुने राष्ट्रपति…

Read More

काठमाडौँ : गायक राजेश पायल राईले आफ्नो काखे छोरालाई तातो पानी खन्याएको गम्भीर आरोप लागेको छ। विवाह गरेर सन्तान जन्माइसके पनि सार्वजनिक रूपमा नस्विकारेका राईमाथि यो आरोप उनकै श्रीमतीले सामाजिक सञ्जाल मार्फत लगाएकी हुन्। तर सो आरोप पोस्ट भएको केही समयमै उनको फेसबुक अकाउन्ट नै डिएक्टिभेट भएको छ। राई आफ्नै फ्यान साङबुङसँग लिभइन रिलेसनमा रहेको धेरै अगाडि सार्वजनिक भएको थियो। दुवैको सन्तान जन्मिएपछि दुवैको विवाह भएको सार्वजनिक भयो। राजेश बाबु बनेको पनि उनले हैन श्रीमतीले टिकटकबाट सार्वजनिक गरेकी थिइन्। आफ्नो वैवाहिक अवस्थाबारे राजेश मौन नै बसे। मङ्गलवार दिउँसो एकाएक राईकी श्रीमती साङ्गवुङ राईले फेसबुकमा ‘आज मेरो दुधे बालक (जसको बोली…

Read More

नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो ।  निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिए। हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो ।  क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आएका बेला यो घटना भएपछि उनीको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा. अमिर सडौला, विकल्प कार्कीलगायत थिए ।   दुई दिनदेखि बेथा लागेर…

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।  पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमो उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ । सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।  आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा   चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।   राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू–भागमा…

Read More

काठमाडौं । राष्ट्रपति निर्वाचनका विषयमा अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदै छ । रवि लामिछाने नेतृत्वको  पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज केन्द्रीय समिति बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ ।  आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

Read More

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो । डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त गरेको छ । स्मरण रहोस् यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले सरकारी उपकरणहरुमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । कर्मचारीलाई टिकटक हटाउन आदेश डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई आफ्नो फोनबाट टिकटक हटाउन पनि आदेश दिएको छ । आधिकारिक युनिटहरुमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको…

Read More

काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएकाे छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएकाे खेलमा नेपालले घरेलु टाेली प्यालेस्टाइनलाई छ–शून्य गाेल अन्तरले हरायाे । नेपालको जितमा दीपा शाहीले चार गाेल गरिन् । यस्तै गरिमा राईले दुई गोल गरिन् । जितसँगै नेपालले तीन अङ्क जाेडेकाे छ । समूह ‘बी’ मा रहेकाे नेपालले अब दाेस्राे खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । याे चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछन् । एएफसी २० वर्षमुनिकाे…

Read More

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिएका छन् । आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगेर अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुगेका थिए । शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।

Read More