Author: Dipak Dhamala

डडेल्धुराः डडेल्धुरामा एसईईका परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराइएको छ। जिल्लाको आलिताल गाउँपालिकाले एसईईमा सहभागी परीक्षार्थीलाई निःशुल्क खाना उपलब्ध गराएको हो। पालिकाको दुर्गम तथा पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो। परीक्षामा गाउँपालिकाका तीन सय १६ विद्यार्थी सहभागी छन्। आलिताल गाउँपालिकामा दुईवटा परिक्षा केन्द्र रहेका छन्। डडेल्धुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख नारद जोशीले बताए। सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुराबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन्। शिक्षा विकास निर्देशनालय…

Read More

रसुवा । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो। नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ। केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ। रासस

Read More

बैतडीः बैतडीमा एक किशोरी बेपत्ता भएकी छिन्। जिल्लाको पाटन नगरपालिका वडा नं ४ जेउड्याकी १५ वर्षिया गोमती लाबड देहिमाण्डौँबाट बेपत्ता भएकी हुन्। यहि चैत १५ गतेबाट छोरी सम्पर्क  विहिन भएकी किशोरीका बुवा दिलिप लाबडले जानकारी दिए। चैत १५ गते बुधबार देहिमाण्डौँ जात्रा जान्छुु भनेर घरबाट हिँडेकी छोरी अहिले सम्म घर नफर्केकी उनले बताए। दुई दिन देखि छोरी सम्पर्क विहिन भएकी भन्दै उनले कसैले देखेमा नजिकको प्रहरी अथवा ९८२२७३४२१३ र ९७४६२७३०८१ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गर्नुभएका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले एकसाथ पत्रकार सम्मेलन गर्नु हुने सभापति लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ । रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा लामिछाने, तनहुँ–१ मा वाग्ले र बारा–२ मा खरेलललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

Read More

काठमाण्डाै – भारतमा फेरि कोरोनाका सङक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पाँच महिनापछि एकै दिन तीन हजारभन्दा धेरैको सङख्यामा सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए । महामारी कम भएसँगै गएको अक्टोबर २८ तारिखमा सबैभन्दा धेरै दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् । केन्द्र सरकारले स्वास्थ्य तथा मातहतका निकायलाई सम्भावित महामारीको सामनाका लागि तत्काल समीक्षा गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्दै हुनुहुन्छ । उहाँले अहिले बिहान मिटरब्याज पीडितसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाण्डौमा आई आन्दोलन गरिरहेका छन् । सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि हरेक जिल्लामा छुट्टै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भए पनि वार्ता टुंगिएको छैन । आज प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुने मिटरब्याज पीडितहरुको विश्वास…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा र कांग्रेसभित्रको आन्तरिक विवादले मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो । हिजो मन्त्रिपरिषद पुनर्गठन भएपछि प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री भएका छन् । कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीबाट एक, एक मन्त्रालय अझै रिक्त छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिनुभएको छ । उद्योग मन्त्रालयमा दावी गर्दै आएका खानले त्यो मन्त्रालय नपाएपछि राजीनामा दिनुभएको हो । खानले सम्हाल्दै आएको खानेपानी मन्त्रालयसहित…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ  चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रा आइतबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

झापा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीको स्कुल विभाग झापाको आयोजनमा भद्रपुरमा आज शुक्रवारदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले देशको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।’ देशको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको जिकिर गर्दै उहाँले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिनुभयो । पुराना पुस्ताबाट अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्ने बताउँदै…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसईई) विहीबार बाट सुरु भएको छ। प्रदेशमा माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ। सुदूरपश्चिममा दुई सय आठ परीक्षा केन्द्र रहेका छन्। एसईई परीक्षाको पहिलो दिनमा धेरै परीक्षार्थीहरू भने अनुपस्थित देखिएको शिक्षा विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ। डोटीमा ९४, बाजुरामा ५५,बझाङमा ९६, अछाममा १२१, दार्चुलामा ४६,बैतडीमा १३०, डडेल्धुरामा ३४, कञ्चनपुरमा ३६१ जना र कैलालीमा ३६१ जना गरी सुदुरपश्चिम भरी एक हजार दुई सय ९८ जना परीक्षार्थी अनुपस्थित रहेका शिक्षा विकास निर्देशनालय दीपायलले जानकारी दिएको छ। प्रदेशमा नियमित,र ग्रेड वृद्घि गरी ५५ हजार तीन सय ७६ परीक्षार्थी रहेकोमा निर्देशनालयका अनुसार प्रदेशमा…

Read More