Author: Dipak Dhamala

काठमाण्डाै – राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दिएका तर उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपतिका लागि आउँदो २५ गते चुनाव हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय…

Read More

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ।  दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए। तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो।…

Read More

सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने भएको हो । मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन कुन–कुन सरकारी कार्यालय खोल्ने भन्नेबारेमा पनि निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद्ले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार…

Read More

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताए ।  एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।  “नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ”, उनले भने, “यसमा माओवादी केन्द्र त छँदैछ ।” जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए…

Read More

टेकसिंह धामी धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएपछिको प्रायः समय मुलुकको राजधानी काठमाडौंमै बिताएका कमलबहादुर शाह चार दिन अगाडि फेरि राजधानी हानिएका थिए। संरचनागत हिसावले संघीयता आएपनि त्यसको पूर्ण कार्यान्वयन भने दल तथा नेताहरुले गर्न सकेको देखिदैन। त्यसकारण मुख्यमन्त्री शाह केन्द्रको पार्टी नेतृत्व र शीर्ष नेताहरुलाई रिझाउन बेलाबखत राजधानीतिर छिरे। राजनीतिक निर्णय लिनका लागि केन्द्रीय सहमती र नेतृत्वको मुख ताक्नुपर्ने नियतीले उनलाई मुख्यमन्त्रीमा नियुक्त भएपछि पटकपटक काठमाडौं पुगायो। अस्तीमात्रै काठमाडौं पुगेर उनले नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहसँग भेटवार्ता गरे। सिंह निवास चाक्सीवारी पुगेरै मुख्यमन्त्री शाहले सिंहलाई भेटेका थिए। मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा विश्वासको मतबारे सहजीकरण गरिदिन…

Read More

काठमाडौँ – अछाम जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुर्माखाँद गाउँपालिकाले जितेको छ ।  ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १० गतेदेखि तुर्माखाँदको कालिकेश्वरी माद्यामिक विद्यालयमा शुरु भएको रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण सहित १७ पदकका साथ तुर्माखाँद प्रथम भएको छ । तुर्माखाँदले ६ स्वर्ण,६ रजत,५ कास्य पदक सहित जम्मा १७ पदक सहित प्रथम स्थान हाँसिल गरेको हो । रनिङ शिल्डको द्वितीय स्थान पञ्चदेवल विनायक नगरपालिकाले लिएको छ । पञ्चदेवलले ४ स्वर्ण, ३रजत, ३ कास्य सहित जम्मा १० पदक प्राप्त गर्‍यो । तृतीय स्थानको उपाधि साँफेबगर नगरपालिकाले पाएको छ । ४ स्वर्ण, २…

Read More

काठमाडौं – बझाङको साइपाल गाउँपालिमा नेपाल टेलिकमका सबै सेवा ठप्प भएका छन्। नेपाल टेलिकमको टावरमा समस्या हुदाँ साइपाल गाउँपालिकामा फोन र इन्टरनेट बाट बञ्चित बनेको छ । मष्टा गाउँपालिकास्थित भेकुन्डे टावरमा शनिबार वेलुका चट्याङ परेकाले साइपाल गाउँपालिका २ नाङ्नामा रहेको नेपाल टेलिकमको टावरमा पनि समस्या देखिएको हो । नेटवर्कले काम नगर्दा साइपाल गाउँपालिकाको वडा नं १ देखि ५ सम्मका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । साइपालमा विभिन्न प्राविधिक समस्या र आवश्यक विद्युत नहुँदा बेला बेला समस्या हुँदै आएको छ । २०७६ सालमा सञ्चालनमा रहेको उक्त टावरले शनिबारबाट काम गर्न छोडेपछि टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आएसँगै स्थानीयहरु सञ्चारविहीन भएका गणेश…

Read More

काठमाडौं – रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष  डोलप्रसाद अर्यालले बताए । उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो । फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन ।…

Read More

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ ।  पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको…

Read More

धनगढी: बैतडीमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७ का ५६ वर्षीय पुरुषलाई २५ वर्षीया शारीरीक अपाङ्गता भएकी छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनकी आमाले छोरीमाथि बलात्कार गरिरहेको अवस्थामा देखेपछि घटना बाहिरिएको हो । आमाले नै छोरीमाथि बलात्कार गर्ने श्रीमानलाई कारवाहीको माग गर्दै जाहेरी दिएकी छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More