Author: Saru Shrestha

काठमाडौं – नेपाली सेनाले महाशिवरात्रि र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ ।  नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो । प्रतियोगितामा खुला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ । हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ । यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ । म्याराथनको विजेताले तीन लाख पुरस्कार पाउनेछ । यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म…

Read More

बैतडी – बैतडीमा बेपत्ता महिला मृत फेला परेकी छन्। चार दिनदेखि बेपत्ता जिल्लाको सिगास गाउँपालिका वडा नं ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधीका धामी बिहीवार मृत अवस्थामा फेला परेकी हुन्। उनी आज थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राधीका माघ दुई गते दिउंँसो घास काट्न जान्छु भनेर घरबाट निस्केकी थिइन्। घाँस काट्न निस्केकी उनको स्थनीयले खोज्ने क्रममा उनलाइ बिहीवार मृत अवस्थामा भेटेका थिए।

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेट गरेकी छन् । बिहीबार गृह मन्त्रालयमै भेट भएको हो । भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउँदै जाने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा पुरानो दौत्य सम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, कानूनको संशोधन गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानून, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभासहरू रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताए। उनले संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिला निर्वाचन गर्नुपर्छ भनेकाले ऐनलाई संशोधन नगरीकन जाँदा प्रत्येक कार्यकालमा १-१ महिना घटेर जाने बताए । उनले संविधान र ऐनमा एकरूपता ल्याउन आफूहरू लाग्ने पनि बताए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि हाम्रो…

Read More

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको मन्त्रालयकी सह(प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । मैदा उद्योगहरूले आर्थिक वर्ष २०७७/७८ मा उत्पादन गरेको मैदाको परिमाणको आधारमा उद्योगहरूलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा विवरण गरिएको केसीले बताइन् । मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा कम्तिमा ८२ देखि अधिकतम…

Read More

काठमाडौं – उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ । रास्वपाभित्र सोविता गौतमलाई उपसभामुखको दाबेदारका रुपमा लिइएको छ ।

Read More

काठमाडौँ – पोखरामा जहाज दुर्घटना भएसँगै हवाइ यात्रा गर्नेको संख्या घटेको छ। भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ आउने र जानेको सङ्ख्या घट्दै गएको हो। कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ आएका थिए। माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन। पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले यहाँबाट…

Read More

काठमाडौँ – सरकारले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरेको छ । बिहीबार राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ को इ।प्रा। परिपत्र ०१/०७८ को दफा १।१७ लाई खारेज गर्दै आयातमा जारी एलसीमा खुल्ला नीति लिएको हो । योसँगै झण्डै ९ महिनादेखि कार्यान्वयनमा रहेको एलसी नगद मार्जिनको व्यवस्था हटेको छ । यसले व्यवसायीहरूलाई आयातमा सहजीकरण भएको छ । यसअघि गत वैशाख १३ गते राष्ट्र बैङ्कले एक निर्देशन जारी गर्दै १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो भने ४७ प्रकारका वस्तुहरूको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद एलसी मार्जिनको व्यवस्था गरेको थियो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास गरिराख्ने बताएका छन् । बिहीवार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताएका हुन् । उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए । उपसभामुखको चुनावमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उनको भनाइ छ । उनले भने, ‘आज सभामुखको चुनावमा हामी सत्ता साझेदार दलहरू एक ठाउँमा उभियौँ । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिस्पर्धा भयो । उपसभामुखको चुनाव पनि आजकै प्रक्रियामा हुन्छ ।राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी…

Read More

काठमाडौं – झुलाघाटमा अचेत अवस्थामा भेटिएका बैतडीका एक युवकको मृत्यु भएको छ। आज दिउँसो १ बजे झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिला अस्पतालमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्दलाई जिल्ला अस्पताल ल्याइएकोमा २ बजेको समयमा मृत्यु भएको थियो। मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा थिए। आज घर फर्किने क्रममा यो घटना घटेको बताइएको छ।

Read More