काठमाडौँ – स्रोत नखुलेको २० लाख रुपैयाँ नगद र दुई सय किलो काजुसहित एक जना पक्राउ परेका छन्। मङ्गलवार दिउँसो पैसा र बिल-बिजक नभएको काजुसहितको ट्रयाक्टरमा आउँदै गरेका अलिम मिया अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस पोखरिया र नम्बर १३ गण पर्साबाट खटिएको संयुक्त टोलीले अन्सारीलाई पक्राउ गरेको हो। प्रहरीले भिश्वाबाट वीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर विशेष सूचनाका आधारमा जाँच गरेको थियो। उक्त ट्र्याक्टरमा अन्दाजी २ लाख रुपैयाँ बराबरको दुई सय किलो काजु र एक हजार दरका दुई हजार वटा नोट (बीस लाख रुपैयाँ) फेला परेको थियो।
Author: Saru Shrestha
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष रहेका थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक समेत रहेका थिए । क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य छन्। माण्डवी गाउँपलिका प्यूठानमा जन्मेका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानुनमा स्नातक गरेका छन्…
काठमाडौँ – कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालका चिकित्सकको लापरबाहीले नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले गरेको प्रदर्शनपछि आज अत्तरिया क्षेत्र तनावग्रस्त रह्यो । मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र लापरबाही गर्ने चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा मङ्गलवार पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो । यस क्रममा प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । प्रसूति सेवाका लागि मालाखेती अस्पताल पुगेकी…
काठमाडौँ – गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मङ्गलवार साँझ ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालमा भूकम्प जानेक्रम बढेको छ । यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो ।
बझाङ – बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ । नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा डेउडा प्रतियोगिता मंगलबार देउलेखमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रकाशबहादुर शाहले गरेको हुन । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि शाहले खेलाडी राष्ट्रका गहना भएको बताए । उनले खेलाडी अनुशासित हुने भन्दै सबैले सिक्नुपर्ने बताए ।यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले स्वर्गीय कमल बोहराको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको नाम अक्षय कोष स्थापना गर्नुपर्ने बताए । साथै एमालेले सञ्चालन गरेको ग्रास रुट अभियानले सार्थकता…
काठमाडौँ – शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।’ त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो…
काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरवारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए। समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् ।
धनगढी – दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोक्किएका हुन्। जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन्। अन्य यात्रु भने सकुशल रहेका छन् ।
काठमाडौँ – राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको छ ।
काठमाडौं – सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै एक मन्त्रीले भने,‘सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय भएको समाचारहरु आइरहेका थिए । त्यो सत्य थिएन,’ एक मन्त्रीले भने,‘बाहिरबाट आएको तरकारीमा विषादी परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।’