Author: Saru Shrestha

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए । नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।

Read More

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भोलि हुने भनिएको स्ववियु निर्वाचन रोक्न आदेश दिएको हो । बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटा आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले जानकारी दिए। यस्तै मंगलबार विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्न सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघसंगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त मिति तोकेर निर्वाचन गर्ने जनाएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो । खेल सकिएको केहीबेरपछि ट्विटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिए । ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई १’ प्रचण्डले लेखेका छन् ।

Read More

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले घोषणापत्र सार्वजनिक गरेको हो । जारी घोषणापत्रको ‘नेविसंघको अबको शिक्षा नीति’ खण्डमा उल्लेख गरिएको छ,‘लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्दछ । नेविसंघ शिक्षालाई चेतना, मस्तिष्क, प्रतिभा र सृजनशीलताको विकासको आधार ठान्दछ ।’ नेविसंघले सबै विद्यार्थीहरूको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीहरूलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने सङ्कल्पसमेत लिएको छ । नेविसंघले अपागंमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रक्राउ गरिएको हो । बंगलादेश एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डस् ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

Read More

टेकसिंह धामी धनगढी – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा आगामी चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ। आज (बुधवार) सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका विभिन्न क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठन तथा स्वतन्त्र उम्मेदवारहरुले स्ववियु निर्वाचनमा सहभागी हुनका लागि मनोनयन दर्ता गरेका छन्।तर, सुदूरपहाडसहित तराइका विभिन्न क्याम्पसहरुमा मनोनयन दर्ता भएर निर्वाचनको तीव्र तयारी भैरहदा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको छ। क्याम्पसमा तालाबन्दी भएपछि निर्वाचन अन्योल बनेको हो। यस्तै विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित प्रदेशका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित बनेको बताइएको छ। विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको थियो। तर, महेन्द्रनगरको…

Read More

काठमाडौँ -सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे)विरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइलहरू झिकाउने आदेश दिएको छ । कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहेको संवैधानिक इजलासले गुरुङको सांसद पदको योग्यतासम्बन्धी रिटमा गुरुङविरुद्ध चलेको ज्यान मार्ने मुद्दाको पुनरावेदन अदालत पाटनमा भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन भएको भए सो पेस गर्न आदेश गरेको छ । अधिवक्ता वीरेन्द्रराज कार्कीले सर्वोच्चमा पुस ११ गते गुरुङ प्रदेशसभा सदस्य हुन अयोग्य रहेको भन्दै रिट दायर गरेका थिए । रिटमा आज प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी भएको हो । रिटमा गुरुङको सांसद पद तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेपनि सो आदेश भने जारी भएन…

Read More

डोटी – अनेरास्ववियु (क्रान्तिकारी ) र अनेरास्ववियु (छैटौ) का साझा स्ववियु सभापति पदका उम्मेदवार टेकेन्द्र बोगटीले क्याम्पसमा २ वर्षमा कसैले पनि गर्न नसकेको काम गर्ने बताएको छ । आसन्न चैत्र ५ गते डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा हुन गैरहेको स्ववियु निर्वाचनमा उनको सभापति पदमा उम्मेदवारी रहेको छ । क्याम्पसमा विगत देखि कुनै पनि विद्यार्थी संगठनले गर्न नसकेका कामहरूलाई विद्यार्थीको हक हितको लागि काम गर्ने बताए । अनेरास्ववियु(क्रान्तिकारी) विप्लवको क्याम्पसमा पहिलो पटक उम्मेदवारी रहेको छ । क्याम्पसमा विगतका स्ववियु निर्वाचित संगठनले आफ्नो स्वार्थ पूरा गरेर बिद्यार्थीहरूका आवस्यकता परिपुर्ति नगरेको बोगटीको भनाइ छ । क्याम्पस राजनीति गर्नेहरूको ‘नर्सरी’ बन्न पुगेको उनको भनाइ…

Read More

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए । रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो । अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने रजिष्ट्रार पाठकले बताए ।…

Read More

बझाङ – बझाङमा एक किशोर मृत फेला परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका–२ पटुरीका १८ वर्षीय किसन बोहरा मृत फेला परेका हुन्। मंगलबार दिउँसो सोही गाउँपालिका–१ दौलिचौरतर्फ घुम्न जान्छु भनि गएको र रातीसम्म घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। मानसिक अवस्था असन्तुलित भएका बोहोरा खोजि गर्ने क्रममा वडा नम्बर २ पानीपारा खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेश अवस्थीले बताए ।

Read More