डोटी – अनेरास्ववियु (क्रान्तिकारी ) र अनेरास्ववियु (छैटौ) का साझा स्ववियु सभापति पदका उम्मेदवार टेकेन्द्र बोगटीले क्याम्पसमा २ वर्षमा कसैले पनि गर्न नसकेको काम गर्ने बताएको छ ।
आसन्न चैत्र ५ गते डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा हुन गैरहेको स्ववियु निर्वाचनमा उनको सभापति पदमा उम्मेदवारी रहेको छ । क्याम्पसमा विगत देखि कुनै पनि विद्यार्थी संगठनले गर्न नसकेका कामहरूलाई विद्यार्थीको हक हितको लागि काम गर्ने बताए ।
अनेरास्ववियु(क्रान्तिकारी) विप्लवको क्याम्पसमा पहिलो पटक उम्मेदवारी रहेको छ । क्याम्पसमा विगतका स्ववियु निर्वाचित संगठनले आफ्नो स्वार्थ पूरा गरेर बिद्यार्थीहरूका आवस्यकता परिपुर्ति नगरेको बोगटीको भनाइ छ । क्याम्पस राजनीति गर्नेहरूको ‘नर्सरी’ बन्न पुगेको उनको भनाइ छ ।
सभापति पदका उम्मेदवार बोगटी वि।स २०७६ देखि सालमा स्नातक प्रथम वर्षमा भर्ना भइ अहिले स्नातक तेस्रो वर्षमा अध्ययनरत रहेका छन् । आफू क्याम्पसमा पहिलो पटक अध्ययनको लागि प्रवेश गर्दा पाठ्यपुस्तकका कारणले आफूले विभिन्न समस्या भोग्दै आएको बातए ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक डोटी बहुमुखी क्याम्पसको पछिल्लो समय यता शैक्षिक गुणस्तर खस्किएको उनको भनाइ छ । बुधबार आफ्नो चुनावी घोषणाहरू सार्वजनिक गरेको छ । विगतको समयमा आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरूको सुनौलो शैक्षिक गन्तव्य स्थल बनेको क्याम्पसमा पछिल्लो खस्किदो शैक्षिक गुणस्तर माथि उठाउन उम्मेदवारी दर्ता गरेको बताए ।
त्रिविले २०७८ सालमा स्नातक प्रथम वर्षको परिक्षा लिएको थियो । डोटी बहुमुखी क्याम्पसमा अध्ययनरत १६५ जना विद्यार्थी परिक्षा सामेल भएका थिए । उक्त विद्यार्थीको परिक्षा प्रकाशित हुदा बल्लतल्ल एक जनामात्र पास भएकाले क्याम्पसको पठनपाठन प्रति विरोध जनाएको छ । क्याम्पसमा बि।बि एस।मा जहिल्यै सबै तहमा विद्यार्थीहरू अनुत्तीर्ण हुने गरेका छन् । क्याम्पस पछिल्लो समयता राजनीतिक भागबण्डाले गर्दा शैक्षिक गुणस्तरमा ठूलो क्षति पुगेको छ । राजनीतिक पहुँचले शिक्षक कर्मचारी भित्र्याउना तानाशाही प्रवृत्तिले क्याम्पसको शिक्षा क्षेत्रमा ठूलो धक्का पुगेको उहाँको भनाइ छ ।
बोगटी भन्छन् ‘ विगतमा डोटी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरको इतिहासलाई पल्टाएर हेर्दा र वर्तमान समयको शैक्षिक गुणस्तर खल्बलिएको भनाइ छ । पहिले शैक्षिक इतिहास रचेको क्याम्पसमा पछिल्लो समय यता शैक्षिक गुणस्तरमा विकृति विसंगति मिसिएको उहाँको आरोप छ ।
क्याम्पसमा शैक्षिक गुणस्तर खस्किनुको मुख्य कारण विषय शिक्षकको अभाव, क्याम्पसमा कार्यरत शिक्षकको राजनीति प्रतिको चाँसो,पाठ्यपुस्तकको अभाव, अनुकुल वातावरणको अभाव, प्रशासनिक क्षेत्र कम्जोरीका कारणले आफ्नो शैक्षिक इतिहास गुमाउन पुगेको बोगटीको भनाइ छ ।
आसन्न चैत्र ५ गतेको चुनाव हारे पनि आफ्नो हार भएपनि प्रतिपक्ष रहेर वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्न कदम चाल्ने बताए ।
त्रिभुवन विश्वविद्यालयले आउने ५ गते चुनाव तोकिदै गर्दा डोटी बहुमुखी क्याम्पसमा ‘फर्जी’ विद्यार्थी भर्ना गरेर क्याम्पस प्रशासन प्रति आरोप छ । फर्जी भर्ना किन गर्नु भएको भन्दा क्याम्पस प्रशासनले कुनै प्रतिक्रिया नदिइ ढाकछोप गरेको बताए ।
उनी भन्छन् ‘क्याम्पस राजनीति गर्नेहरूको थलो बनेको छ,पठनपाठनमा क्षेत्र ओेरालो लागेको छ । राजनीतिक दाँउपेजले क्याम्पसमा भौतिक संरचना ल्याउने कमिसन खाने आरोप छ ।’ क्याम्पसमा शिक्षण पेशामा आवद्ध शिक्षक नै राजनीतिक क्षेत्रको नेता बनेपछि शैक्षिक गुणस्तर ओझेलमा परेको उनको भनाइ छ ।
आसन्न स्ववियु जितेर गएपछि क्याम्पस प्रशासनको तानाशाही प्रवृत्तिमा सुधार ल्याउने र विद्यार्थीको हकहितको लागि शैक्षिक गुणस्तरमा सुधार ल्याउने मुख्य लक्ष्य रहेको संगठनले जनाएको छ ।
वि।स २०१७ सालमा स्थापना भइ वि।स २०७९ सम्म अहिलेसम्म फर्केर हेर्दा शैक्षिक गुणस्तरका निमित्त सुधार गरेको कुनै संगठनको देखिन्न ।