Author: Saru Shrestha

डोटी – युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरले डोटीका भूकम्प प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको छ । डोटीको सायल गाउँपालिका वडा नम्बर ६ साउदनाराका १ सय ५० जना प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको युएमएन डोटीका सुशासन परियोजना व्यवस्थापक खेम भण्डारीले बताए । सायल गाउँपालिकाको समन्वय तथा वडा कार्यालयको रोहबरमा सोमबार युएमएन डोटीले प्रभाबित गाउँमै गएर प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो । भूकम्पले गर्दा सायल गाउँपालिकामा अधिकांश घरहरूमा क्षति पुर्याएको थियो । युएमएन डोटी क्लष्टरले भूकम्प प्रभावितहरूलाई बिपत व्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको युएमएन डोटी क्लष्टरका लेखा संयोजक खडक सुनारले बताए । १ लाख ९१ हजार २ सय ५० रुपैयाँ बराबरका त्रिपालहरू सहयोग…

Read More

एजेन्सी – अमेरिकी आकाशमा उडिरहेको एउटा विमानमा झट्काका कारण ३६ यात्री घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हवाइयन एयरलाइन्सको विमान फिनिक्सबाट होनुलुलुतर्फ जाँदै गरेको अवस्थामा अचानक झट्का लागेको बताइएको छ । विमानमा २७८ यात्री र १० जना चालक दलका सदस्य सवार थिए । विमान अवतरण गर्नु केही अघि नराम्रो झट्का लागेको बताइएको छ । झट्काबाट घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । अस्पताल लगिएकाहरुमा १७ यात्री र तीन चालक दलका सदस्य छन् । समाचार एजेन्सीहरुका अनुसार विमानमा झट्का लागेकै समयमा सो क्षेत्रमा चट्याङ…

Read More

कैलाली – धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत एक जना युवाको करेन्ट लागेर मृत्यु भएको छ। सोही ठाउँ बस्ने २२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

मोरङ – सुन्दरहरैँचा नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत १४ वर्षीया दुई किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना, उक्त नगरपालिकाका वडा नम्बर ६ का २१ वर्षीय प्रताप तामाङ, वडा नम्बर ५ का २० वर्षीय बेन्जु चौधरी, वडा नम्बर ६ का २० वर्षीय पदम कार्की र वडा नम्बर ७ का ३२ वर्षीय विक्रम भण्डारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । स्थानीय माध्यमिक विद्यालयमा अध्ययनरत दुवै जना किशोरी शुक्रबार विद्यालय गएका थिए । विद्यालयमा पढाइ नभएपछि उनीहरू सुन्दरहरैँचा–५ स्थित पर्यटकीयस्थल वृन्दावन गौशाला…

Read More

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भिषण आगलागी सुरु भएको छ । सोमबार साँझ बाक्सिला बजारमा आगलागी सुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ । आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

Read More

काठमाडौँ – कालो धुवाँ फालेर प्रदूषण फैलाउने सार्वजनिक सवारी साधनलाई सरकारले कारबाही गर्ने भएको छ । प्रदूषण जाँचपासमा फेल हुने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने सरकारको तयारी छ । नेपालमा २० वर्षभन्दा पुराना सार्वजनिक सवारीसाधन हटाउने बहस भएको धेरै भयो । जब पुराना सवारी साधन हटाउने र वातावरणमैत्री सार्वजनिक यातायात सेवाको कुरा उठ्छ तब व्यवसायी मात्र नभई स्वयं सवारी धनीहरू पनि विभिन्न बहानामा पन्छिने गर्छन् । त्यसमा पनि वायु प्रदूषण नियन्त्रण गर्ने अख्तियारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन नहुँदा यस्ता अभियान त्यसै खेर जाने गरेका छन् । पछिल्लो समय वायु प्रदूषण हुनुमा ९० प्रतिशत भन्दा बढी सार्वजनिक सवारी…

Read More

पोखरा – पोखराको फोहोर व्यवस्थापन वडा तहमै सुरु गरिएको छ । निर्माण सकिएको अन्तराष्ट्रिय विमानस्थलमा जनवरी १ देखि अन्तराष्ट्रिय उडान गर्ने भएपछि उडान रुटमा पर्ने पोखरा १४ बाच्छेबुडुवाको ल्याण्डफिल साइट पुर्न थालिएको हो । चार वर्षअघि देखि ल्याण्डफिल हटाउन आयोजनाले गरेको पत्राचारलाई वेवास्ता गरेको महानगरले अन्तिमसम्म जग्गा खोजी गर्न नसक्दा वडामै फोहोर पुर्न थालिएको छ । अझै ४ महिनासम्म वडामै फोहोर थन्क्याउनुपर्ने अवस्था रहेको मेयर धनराज आचार्यले बताए । तत्कालका लागि यहाँका ६ वडामा फोहोर राखिने छ । महानगरले नयाँ ल्याण्डफिलको खोजी पनि गरिरहेको छ । ३ वटा ठाउँमा जग्गा पहिचान गरी वातावरणीय प्रभाव मुल्यांकनको अध्ययन भैरहेको आचार्यले सुनाए । २१,…

Read More

खोटाङ – खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाको बन्दसत्र दोस्राेपटक सरेको छ । गत २६ मंसिरमा उद्घाटन गरिएको दोस्राे वार्षिक साधारणसभाको बन्दसत्र गणपुरक संख्या नपुग्दा २ पुसका लागि सारिएको थियो । दोस्राेपटक बोलाइएको भेला समेत गणपुरक संख्या नपुगेपछि अर्कोपल्टका लागि सारिएको रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । कतिपयले भने गणपुरक संख्या पुग्ने अवस्थामा पनि जानाजान दोस्राे पटकको बन्दसत्र सारेको आरोप लगाइरहेका छन् । अध्यक्ष जोशीले भने बन्दसत्रमा मताधिकार नभएका उपभोक्ता प्रवेश गरेर हो–होल्ला गरेकाले आगामी ६ पुसका लागि बन्दसत्र सारिएको जानकारी दिए । साधारणसभामा रम्बा…

Read More

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् । संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आएका छन् । नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिएका छन् । १४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन् । संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन् । नेता…

Read More

पोखरा – प्रतिनिधिसभा सदस्यको शपथ सात गते गराउने तयारी छ । संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले मंसिर २८ गते अन्तिम नतिजा सार्वजनिक गरेको छ । पुस १८ भित्रै पहिलो संसद बैठक बस्नुपर्छ । त्यसअघि नै सपथ गराउनुपर्ने व्यवस्था छ ।  तर गण्डकीमा सांसदको सपथ ग्रहणबारे कुनै प्रक्रिया नै सुरु भएको छैन । संघीय संसदको सपथ पछि मात्रै प्रदेशमा तयारी हुने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयका कर्मचारीका अनुसार प्रदेश प्रमुख केन्द्रसँग निरन्तर छलफलमा छन् । ‘उहाँले छलफल गरिरहनु भएको छ । माथीको सपथ सकिएपछि प्रदेशमा…

Read More