कैलाली – धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत एक जना युवाको करेन्ट लागेर मृत्यु भएको छ।
सोही ठाउँ बस्ने २२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए।
उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box