काठमाडौँ – गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कले अध्ययन गरेर नै नयाँ नीति नियम बनाउने गरेको बताएका छन् । राम्रो गर्नका लागि नै नयाँ नीति नियम बन्ने उल्लेख गर्दै अधिकारीले राम्रो काम गरेको सन्देश बजारसम्म पुर्याउनुपर्ने बताए । राष्ट्र बैङ्कले आयोजना गरेको नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले कुनै पनि व्यक्ति वा संस्थाले ऋण तिर्दिन भन्दै हिँड्न नहुने बताए । उनले भने, ‘माइक्रोफाइनन्सले पैसा तिर्दिन भन्दै हिँडेका छ । केही व्यक्तिले लोन मिनाहा गर्दिन्छु भन्दै हिँडेका छन् । लोन लिएर हामी तिर्दैनौ भन्दै आन्दोलन गर्न मिल्छ रु
Author: Saru Shrestha
रुपन्देही – कान्ति माध्यमिक विद्यालय बुटवलको ६९औं वार्षिकोत्सब तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि शभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयले आफूहरूलाई देशकै उत्कृष्ट र नमुना प्रस्तुत गरिरहेकोमा खुसी व्यक्त गरे । रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, विकास तथा सुधारका लागि आफ्नोतर्फबाट कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता जनाए । रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनमा प्राविधिक धारका विषयको पठन पाठनलाई ध्यान दिँदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्न टेवा पुर्याउन विश्वास लिएको उनले बताए । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले…
काठमाडौँ – नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले मङ्गलवार या बुधवारसम्म संसदीय दलको नेता चयन हुने दाबी गरेका छन्। थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा भोलि ३ बजे काँग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको भोलि नै निर्वाचन समिति बन्ने बताए। काँग्रेस नेता शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त काँग्रेसभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन्। प्रमुख दल काँग्रेसभित्र संसदीय दलको नेताका लागि आधा दर्जन नेताबीच रस्साकस्सी चलिरहेको छ। काँग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सारे पनि संस्थापनइतर समूह अझै अलमलमै छ । इतर समूहको आधिकारिक उम्मेदवारबारे आकाङ्क्षीबिच सहमति बनिसकेको छैन।…
लमजुङ – नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आश्वयक देखिएको बताएका छन् । बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उनले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्नए ।
काठमाडौँ – चितवन गार्डेन रिर्सोटलाई ३ लाख रुपैयाँ जरिवाना गर्न जिल्ला बजार अनुगमन समितिले सिफारिस गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन समितिले सो रिसोर्टलाई ३ लाख जरिवाना गर्न सिफारिस गरेको हो । समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेको सोही ऐनको दफा ३९ को १ (ख)अनुसार अधिकतम ३ लाख जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष सिफारिस गरेको हो । उक्त सिफारिसबारे आइतबार चितवनका प्रजिअ आस्मान तामाङले यसबारे निर्णय लिने समितिले बताएको छ । अनुगमन समितिले होटेलले गरेको…
काठमाडौँ – नेकपा एकीकृत समाजवादीसहित दश वटा दलले संसदीय दलको सुविधा पाउने भएका छन् । जसमा ७ वटा दलले भने सचेतक सहितको सुविधा पाउने छन् । १० वटा दलको सिंहदरवारभित्र संसदीय दलको कार्यालय हुनेछ । यसको व्यवस्थापन संघीय संसद सचिवालयले गर्नेछ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को यसअघि रहेकै स्थानमा संसदीय दलको कार्यालय रहनेछ । यसपटकको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको कार्यालय यसअघि हेलो सरकार बस्दै आएको भवनमा रहनेछ । संघीय संसद सचिवालयले मुख्य सचिव र भौतिक पूर्वाधार…
काठमाडौं – ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ गरेको हो । ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी परेकी हुन् । पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन् ।…
काठमाडौं – नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ । ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकाले विश्वकर्माले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए । संस्थापक पक्षभित्र भइरहेको…
दार्चुला – दार्चुलाबाट यो वर्ष ३५९ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । निकासी भएको यार्सागुम्बा बाफत झण्डै १ करोड भन्दा बढि राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपुर्जा बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेको कार्यालयका सुचना अधिकारी इन्द्र सिह नगारीले जानकारी दिए । कार्यालयले यार्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका अनुसार हरेक वर्ष यार्सागुम्बाको निकासी अनुमतिपत्र दिने गरेको जनाएको छ । यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३१ हजारका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीबापत रु १ करोड १४ लाख ४६…
काठमाडौं – भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए । आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको छ । यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन । इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता…