धनगढी – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको छ । हालसम्म सुदूरपश्चिमका पाँच स्थानमा सुरु भएको मतगणनाअनुसार कांग्रेस ३ र नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा अग्रता लगेका छन् । कांग्रेसले अछामको क्षेत्र नम्बर २, कञ्चनपुरर ३ र कैलाली–४ मा अग्रता लिएको छ । यसैगरी, कैलाली क्षेत्र नम्बर १ र ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिगेको छ ।प्रारम्भिक मत गणनामा एमाले र माओवादी केन्द्रको उम्मेदवारले अग्रता पाउन सकेका छैनन् । एमालेका उम्मेदवार अछाम २, कैलाली ४ र कञ्चनपुर ३ मा दोश्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार भने दोश्रो स्थानमा पनि देखिएका छैनन्…
Author: Saru Shrestha
काठमाडौं – बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।
धनगढी – कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी सुरु भएको छ । मतगणनामा ढिलाई भएको भन्दै एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नाराबाजी गरेका हुन् । कैलाली ५ मा कांग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ भने अन्य दलले त्यसलाई स्वीकारेका छैनन् । विवादकैबीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आरम गरिरहेका छन् । मुख्य निवाृचन अधिकृतको स्वास्थ्य समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चि बनेको छ ।
काठमाडौँ – सातवटा हिमाली जिल्लाका विकट मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सातवटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी मौसमले साथ दिए सोमबार अपराह्न चार बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने योजना बनाएको जानकारी दिए ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौँ – कास्कीको एक निर्वाचन केन्द्रमा पुनः मतदानको माग गरिएको छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ को इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग गरिएको हो । नेपाली काँग्रेसका वडा सभापति अर्जुन कुमार श्रेष्ठ र माओवादी केन्द्रका वडा अध्यक्ष माधव पौडेलले निर्वाचन कार्यालयलाई पत्र लेखेर पुनः मतदानको माग गरेका हुन् । पत्रमा लेखिएको छ, ‘सवारी चालक अनुमति पत्र, जग्गाधनी लालपुर्जा र नागरिकता प्रमाण पत्रको प्रतिलिपिका आधारमा यस निर्वाचन केन्द्रका मतदान अधिकृत बन्धुराज रेग्मी र मदन बहादुर केसीसँग मतदानका विषयमा आवश्यक छलफलका नगरी पार्टी प्रतिनिधीहरुलाई बेवास्ता गरी जनताको मतदान गर्न पाउने अधिकार लाई कुण्ठित गर्न खोजेको छ ।’…
काठमाडौँ – केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीलाई दिइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई आइतबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेकाले उनको उनुपस्थीतीमा कार्कीलाई जिम्मेवारी दिइएको हो । परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गरेका हुन् । राईको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ ।
बैतडी – बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूूत विद्यालय स्थीत मतदान स्थलमा मतदान गरेकी हुन् । १ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किसोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको…
धनगढी – बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए । झडपमा अन्य दुई जना घाइते भएका छन् । कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिए ।
महोत्तरी – महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् । निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडी प्रहरीले पक्राउ गरेको जनाएको छ । परिचयपत्र विना आएका ती ब्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तीको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तीको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ पर्नेहरू सवै गौशालाका स्थानीय युवा हुन् ।