झापा – आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको । तर, सिटौलालाई सहयोग गर्न दल नेकपा माओवादी केन्द्रका करिब १३४ ले सोमबार पार्टी परित्याग गरेका र दैनिकजसो राप्रपा प्रवेशको लहरले उनलाई जितका लागि सहजता दिएको आभास भइरहेको छ । ‘सोमबार करिब १३४ जना माओवादीका नेताले पार्टी परित्याग गरेका छन् । यसले गठबन्धन उम्मेदवारको मत काट्ने निश्चित छ,’ राप्रपा प्रवक्ता तथा…
Author: Saru Shrestha
धनगढी – जिल्ला प्रशासन कार्यालय डोटीले एक साता सेवा बन्द रहने जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कारण देखाउँदै अत्यावश्यक बाहेकका सबै सेवाहरू एक साताको लागि स्थगित गरिएको हो । कार्यालयमा कार्यरत कर्मचारीहरू निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएकाले कार्यालयमा कर्मचारी अभाव हुने भन्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गते सम्मका लागि सेवा बन्द हुने सूचनामार्फत सार्वजनिक गरिएको छ । प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू स्थगन गरिएको जानकारी गराइएको छ ।
सुर्खेत – सुर्खेतमा ७३ वर्षीया वृद्धा सासूको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ बास्तोला र जैसीबीच वादविवाद भएको अनुसन्धानका क्रममा खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ । डिल्लिसरा बस्दै आएको घरदेखि करिब एक हजार पाँच सय मिटरको दुरीस्थित कच्ची घरमा विवाद हुँदा वास्तोलाले धकेलेपछि ढुंगामा टाउको ठोक्किदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी र बास्तोला नाताले सासू-ज्वाइँ हुन् ।
काठमाडौं – वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिएको हो ।
काठमाडौँ – सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रो लिङ्गीको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा।आनन्दमोहन भट्टराईको एकल इजलासले आज सोमवार निर्वाचन आयोगको त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । आदेशमा भनिएको छ, ‘लैङ्गिक तथा अल्पसङ्ख्यकले मानसिक पीडा भोग्नुपर्ने अवस्था समेतलाई मध्यनजर गर्दा सो कार्य तत्काल रोक्नु आवश्यक देखिँदा अन्य कुरामा पछि ठहरेबमोजिम हुने गरी हाल निवेदनको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाउनेसम्बन्धी निर्णय र पत्राचारसमेत कार्यान्वयन नगरी बन्दसूचीमा यथावत् राख्नू ।’ आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना…
लमजुङ– विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष स्थगित यस प्रतियोगिता पुनः आजदेखि चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेँसीसहरबाट १४औँ संस्कार याक अट्याक अर्थात् साइकल रेस प्रतियोगिता सुरु भएको हो । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्ट टिभी नेपालको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता सुरु भएको हो । आज पदमार्गमा जानुअघि आइतबार दक्षिण एसियाकै नमूना घलेगाउँ पुगेर बेँसीसहर फर्किएर आज बिहानै मनाङको चामेसम्म पुगेको आयोजक नेपालको संयोजक अजय पण्डित क्षेत्रीले बताए। उनका अनुसार सात दिनसम्म यस प्रतियोगिता सञ्चालन हुनेछ । तेस्रो दिन चामेबाट…
निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बर बहादुर बिष्टले जानकारी दिए । भारतसंग जोडिएका विभिन्न सिमानाकाहरुमा अहिले विओपी मार्फत निगरानी बढाएको उहाँले बताए । अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका…
धनगढी – कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो । कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनगढी – बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो । गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर मेलाका लागि कार्तिक २९ गते बिदा दिएको जनाएको छ ।
काठमाडौँ – ललितपुर महानगरपालिका स्थित नख्खुमा शव भेटिएको छ । रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । बस्नेत ललितपुर महानगरपालिका-१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट लागेको छ । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।