Author: Saru Shrestha

झलारी – कार्तिक मसान्तभित्र कृषक समुह दर्ता गरायौं। त्यसपछि गहुँको विउ वितरण ग¥यौं। हिउँदे तरकारीको विउ वितरण गरेका थियौं। संघिय सरकार अन्तर्गत गहुँ उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेका छौं। शुक्लाफाँटाका ५ वडामा त्यो कार्यक्रम सञ्चालित छ। ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण गरेका छौं। संघिय सरकारको पकेट कार्यक्रम अन्तर्गत वडा नं। ६ मा काम भइरहेको छ। २ महिनाभित्रै उच्च प्रविधिबाट बाह्रै महिना च्याउ उत्पादन गर्ने फर्म हुन्छ। बाली संरक्षण कार्यक्रम अन्तर्गत किसानहरुलाई निःशुल्क विषादी वितरण गरेका छौं। अहिले पनि विषादी छ। किसानलाई आवश्यकता परेका बेला विषादी उपलब्ध गराउँदै आएका छौं। बगर खेती गर्ने किसानहरुलाई पनि विउ वितरण गरेका छौं। उनीहरुलाई…

Read More

पर्वतमा आज एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन । ‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । “हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क…

Read More

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो । २०७६ माघ १ गते प्रचण्डले द्वन्द्व कालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्तिलाई दिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपिठ(दर्ता नहुने) आदेश गरेको थियो । उक्त दरपिठ आदेश…

Read More

काठमाडौँ – आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । पौडेलसँग काँग्रेस नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन् । पौडेलले रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतसँग भेट गरी आसन्न चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । लामिछानेसँग राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङ पनि रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन् । रास्वपा वर्तमान सरकारबाट बाहिरिए पनि विश्वासको मत भने कायम राखेको छ । राष्ट्रपतिको निर्वाचन आगामी यही २५ गते हुँदैछ ।

Read More

काठमाडौं – युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटको संघर्षपूर्ण जित निकालेको छ।टस हारेर पहिले बलिङ गरेको नेपापलले १८० रनको लक्ष्य पाएको थियो। दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सम्पन्न खेलमा नेपालले सात विकेट गुमाएर १२ बल मात्र बाँकी रहँदा जित निकालेको हो।खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको थियो।ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल,…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ मा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई आइतबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन्। सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिए। ‘मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ भण्डारीले भने, ‘आइतबार दिउँसो १ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिनेगरी तयारी थालिएको छ।’ मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्र सिंह रावल…

Read More

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यसमिति विस्तारमा विवाद देखिएको छ । आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् । त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका हुन् । स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

Read More

काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भोट मागेका छन् । आज दिउँसो एमालेका नेताहरूले राउतसँगको भेटमा नेम्वाङलाई भोट दिन आग्रह गरेका हुन् । एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनमत पार्टीबाट शुभकामनासहित सकारात्मक प्रतिक्रिया पाएको बताए । जनमतका अध्यक्ष राउतले पार्टीले निर्णय गर्ने जवाफ दिएको बताए । जनमत पार्टी कार्यालय पुग्नुअघि एमाले नेताहरू आजै लोकतान्त्रिक समाजवादीको पार्टी कार्यालय पुगेका थिए । फागुन २५ गते हुने निर्वाचनमा एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् ।

Read More

काठमाडौं – निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ ।  एक सातापछि २५ फागुनमा राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदान गर्न जाँदा मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र, निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर जानुपर्नेछ । यस्तो छ यसबारे आयोगको विज्ञप्ति : मितिः २०७९ फागुन…

Read More

काठमाडौं –  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका-५ का २७ वर्षीय कृष्णबहादुर गुरङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरेकोमा अदालतको…

Read More