बैतडी – बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली प्रहरी निरीक्षकको नेतृत्वमा बैतडी पुगेको छ। टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। सीआइबीको टोलीले बैतडी प्रहरीसंग मिलेर घटनाको संयुक्त रुपमा अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले श्रोतले जनाएको छ। कृष्ण माविमा अध्यापन गराउँदै आएका सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए। शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका छ । सोहो कारण परिवारले अहिले सम्म शव बुझ्न…
Author: Saru Shrestha
धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर–३ वडहरामा रिसोर्ट सञ्चालनमा आएको छ । उपमहानगरपालिका वडा नम्बर–३ वडहरामा भ्यू टावरसहित पीसल्यान्ड रिसोर्ट सञ्चालनमा आएको हो। सेमिनारहल, लज, रेस्टुरेन्ट तथा शान्त वातावरणसहित रिसोर्टकाे भ्यू टावरमा चढेर पुरै धनगढीलाई नजिकबाट नियाल्न सकिने सञ्चालक कवीन्द्र ऐरले बताए। रिसोर्टमा अहिलेसम्म ५ करोडबढी लगानी भइसकेकाे र थप ५ करोड लगानी गर्ने योजना रहेको उनले बताए।
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु गरेकै दिन बागमती प्रदेशको दलको नेता चयन गर्नका लागि पनि निर्वाचन गरिने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय निर्णयसँगै प्रक्रिया सुरु भएको छ । कार्यसम्पादन समितिको बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिमा प्रदेशका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । बागमती प्रदेशको संसदीय दलको नेतामा…
बैतडी – बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ । १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा बनाउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो । मेलौली नगरपालिका क्षेत्रभित्र १५ शैय्याको अस्पताल निर्माणका लागि वडा नं १ बिट्ठेनी र वडा नं ७ काँडा गरी दुई ठाउँमा जमीन रहेको छ । वडा नं ७ मा पहिलादेखि नै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले सोही ठाउँमा अस्पताल बनाउनुपर्ने माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ । नगरपालिकामा अस्पतालकै बिषयलाई लिएर तालाबन्दी भएको जानकारी प्राप्त भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।
सुर्खेत – गरिवीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ का कट्टी गाउँका दलीत समुदायलाई राहत वितरण गरिएको छ । दलीत समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् । यहाँका १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको उनले बताइन् । उक्त कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालको सहभागिता रहेको थियो । राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता थियो । पहिलो पटक जाजरकोटको दलित बस्तीमा राहत वितरण गरिएको यहाँका सर्वसाधारण खुसी भएका छन् । गरिवीकै कारण यहाँका…
काठमाडौं – कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ । श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यातबापत उक्त रकम आम्दानी भएको प्राधिकरणले जनाएको छ । नेपालमा खपत गरेर बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो । गत जेठ १९ देखि पुस ३ गतेसम्म बिजुली निर्यातमार्फत् उक्त रकम आर्जन भएको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ कमाएको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७…
काठमाडौं – नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।
काठमाडौं – नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिएका हुन् । रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको उनले बताए ।
धनगढी – एकलौटी रूपमा महाँकालीमा गरिएको तट्बन्धन हटाउने मौखिक सहमति भारतले कार्यान्वयन नगरेपछि दार्चुलामा पुन भारतको विरोध हुनथालेको छ । मंसिर २१ गते भारतको धार्चुलामा दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलमा भारतले पुस १ गतेभित्र महाँकाली नदीको धार परिवर्तन हुने गरी बनाइएका संरचना हटाउने प्रतिबद्धता गरेको थियो । सो बैठकमा भारतस्थित पिथौरागढकी डिष्ट्रिक मजिष्टेड रिमा जोशी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसहित सुरक्षा अधिकारी सहभागि भएका थिए । सहमति अनुसार पुस १ गतेसम्म भारतले आफ्नो क्षेत्रमा महाँकालीको धार परिवर्तन हुने गरी एकलौटी निर्माण गरिएका संरचना हटाउनु पर्नेहो । तर, पुस ४ गतेसम्म भारतले संरचना हटाउन सुरुसमेत नगरेपछि दार्चुलामा पुनः आन्दोलत तथा…