काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । उनीहरुबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।
Author: Saru Shrestha
धनगढी – सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता बन्न रस्साकस्सी सुरु भएको छ। अहिलेसम्म दलको नेताका लागि दुई जना प्रदेश सभा सदस्यले जवरजस्त दाबेदारी प्रस्तुत गरेका छन्। डडेल्धुराको प्रदेश सभा (१) बाट सांसद बनेका खगराज भट्ट र कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट सांसद बनेका ओमबिक्रम भाट ‘सरल’ दलको नेताको लागि दौडधुपमा छन्। उनीहरुले दलको नेता बन्न निकटका सांसद तथा नेताहरुसँग छलफल तथा परामर्श गरिरहेको बताइएको छ। यसअघि दलको नेतामा खगराज निर्विकल्प जस्तै देखिएका थिए। तर, उनलाई युवा नेता सरलले च्यालेन्ज दिने भएका छन्। उनी भन्छन्, ‘अबको राजनीति भनेको पहिलेजस्तो हुनु हुदैन। अब युवाले हस्तक्षेप गर्नुपर्छ। दलको…
काठमाडौँ – प्रतिनिधिसभाका नव निर्वाचित सांसद महिन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् । सचिवालयले प्रतिनिधिसभाका नव निर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन…
खोटाङ – खोटाङमा सुत्केरी उद्धारका लागि आएको हेलिकोप्टरको हावाले बाइक पल्टाउँदा भाइजरमा क्षती पुगेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टर बिहीबार दिक्तेलको हेलिप्याडमा ल्याण्ड गर्नेक्रममा प्रदेश १–०५–००प १५२९ नम्बरको बाइकलाई डिलमुनी खसाएको हो । हेलिप्याडको डिलबाट करिब १५ मिटर तल रहेको सडकमा खसेको बाईकको भाइजर लगायतका भाग फुटेको छ । हेलीप्याडको डिलमा पार्किङ गरेर राखिएको चार/पाँच वटा बाईकमध्ये एउटा बाईकलाई हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा हावाले पल्टाएर डिलमुनी खसाएको थियो । सुत्केरी भएपछि रक्तश्रावको समस्या देखिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया इन्द्रकला राईलाई लनका लागि दिक्तेलमा हेलिकोप्टर आएको थियो । नगरपालिकाले हेलिप्याडसम्म पुग्ने सडक खोलेपछि हेलिप्याडमा बाइक पार्किङ गर्न थालिएको छ…
काठमाडौं – बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् । आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको थियो । काठमाडौंमा उपचारका क्रममा गंगादेवीको निधन भएको हो ।
काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको नेतामा पराजित भएका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । बुधबार बिहान भएको निर्वाचनमा संसदीय दलको नेतामा निर्वाचित भएका देउवालाई थापाले बधाई दिएका हुन् । बुधबार साँझ गगनले फेसबुकबाट बधाई दिएका हुन् । देउवा ६४ मत ल्याएर निर्वाचित भएका थिए । थापाले २५ मत मात्र ल्याए ।
काठमाडौँ – काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईसहित ४ सदस्यीय टोली भारत भ्रमणमा गएको छ । महानगरपालिकाले फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न राईको नेतृत्वमा महानगरका प्रमुख बालेन्द्र साह ९बालेन०का भौतिक पूर्वाधार सुनिल लम्सालसहित ४ सदस्यीय टोली बुधबार भारत प्रस्थान गरेको महानगरका सहायक प्रबक्ता महेश काफ्लेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा भारत जाने कार्यक्रम तय भएको थियो । तर उनी अस्वस्थ भएपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेको काफ्लेले बताए ।
काठमाडौं – करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन् । कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए । घटनामा प्रयोग भएको ना३च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।
काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पतालमा भेटेर स्वास्थ्यवस्था बुझेका छन् । अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुगेका हुन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्यवस्था बुझेका थिए ।
काठमाडौं – सर्वोच्च अदालतले कुख्यात विकिनी किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो । शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो । सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए ।