खलङ्गा – दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल त्रयोदशीमा पूजन जात्रा यसपाली पनि कार्तिक २० आइतबार बिहानदेखि सुरु भएको हो । जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली, कञ्चनपुरलगायत भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत र पिथौरागढबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् । पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पुण्य मिल्ने, खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास…
Author: Saru Shrestha
बैतडी- बैतडीको मेलौली नगरपालिकाले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको मेलौली भगतवी मन्दिरमा कार्तिक शुक्ल चर्तुर्दशी र पुर्णिमाका दिन लाग्ने देहिजात मेलाका लागि कार्तिक २१ र २२ गते विदा दिने निर्णय गरिएको हो । आइतबार नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दद्धारा हस्ताक्षरित सूचनामा विदाको दिन नगरपालिका अन्तरगत रहेको सबै सरकारी तथा गैर सरकारी संघ संस्था निजी तथा सामुदायिक विद्यालय र बैंक तथा विक्तिय संघ संस्थाहरुमा विदा दिइएको उल्लेख छ ।
काठमाडौं – निर्वाचन आयोगले चुनावको मुखमा कर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दर परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २७ असोजको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ । ‘निर्वाचनको सम्मुखमा आचारसंहिता लागू रहेको अवस्थामा यसप्रकारबाट करको दरमा छुट दिने जस्ता नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको…
काठमाडौं – निर्वाचन आयुक्त सगुन शम्शेर जबराले संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायतको हातोमालो आवश्यक भएको बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । ‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, आयुक्त जबराले भने, ‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै…
एजेन्सी – रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा बिहान आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ । मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, “कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कनेहरू देख्न गाह्रो भयो। त्यहाँ सर्वसाधारण आतंकित बनेका थिए । “आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।
काठमाडौं – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ । देउवा गत बुधबार मात्र काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार डडेल्धुरा पुगेका देउवाले तीन दिन चुनावी सभालाई सम्बोधन गरे । देउवाले बिहीबार अमरगढी नगरपालिकास्थित बसपार्कमा आमसभालाई सम्बोधन गरेका थिए । उनले शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए । देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर…
डडेल्धुरा – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम चिनिएको उनले दाबी गरेकी छन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेकी हुन्। उनी आफ्ना पति तथा प्रधानमन्त्री शेरबहादुरको निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रचारमा खटिएकी छन्। उनले देउवाले आफूले भनेको कुरा गरेरै छोड्ने र जथाभावी नबोल्ने प्रतिक्रिया दिइन्। ‘देउवाले जे गर्छु भन्नु भएको छ, त्यो गर्नु भएको छ। सुदूरपश्चिमका मान्छे सिधा हुन्छन्। मैले बिहे गर्नुभन्दा पहिला यहाँका मान्छेले बोलेको सुन्दा पनि अनौठो लाग्थ्यो। पूर्वका मान्छे जसरी मिलाएर नबोल्ने’, उनले भनिन्। उनले शेरबहादुर देउवालाई दाइ र राजनीतिक गुरु मान्नेहरू ठूल्ठूला ओहदामा…
बैतडी – नेपाली कांग्रेस बैतडीले पार्टीको विपक्षमा काम गरेको भन्दै कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको छ । ‘बागी’उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा लागेको भन्दै ऐरलाई पार्टीबाट निष्कासन गरिएको हो । ऐरलाई स्पष्टीकरण सोधिएको भएपनि जवाफ नदिएपछि ५ बर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको नेपाली कांग्रेस अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीले बताएका छन । कांग्रेसले यसअघिनै नेपाल दलित संघका जिल्ला अध्यक्ष रमेश कोलीलाई पार्टीबाट निष्कासन गरेको थियो ।
गोरखा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाएको बताए । अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलमा रहने गरेको बताए । राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको लिङदेनको भनाइ छ । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभइ विदेशीहरूका लागि सरकार बनाउँछु…
काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो । देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा हाम्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो । ‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा…