बैतडी- बैतडीको मेलौली नगरपालिकाले २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको मेलौली भगतवी मन्दिरमा कार्तिक शुक्ल चर्तुर्दशी र पुर्णिमाका दिन लाग्ने देहिजात मेलाका लागि कार्तिक २१ र २२ गते विदा दिने निर्णय गरिएको हो ।
आइतबार नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दद्धारा हस्ताक्षरित सूचनामा विदाको दिन नगरपालिका अन्तरगत रहेको सबै सरकारी तथा गैर सरकारी संघ संस्था निजी तथा सामुदायिक विद्यालय र बैंक तथा विक्तिय संघ संस्थाहरुमा विदा दिइएको उल्लेख छ ।
Facebook Comments Box