पर्वत – पर्वत जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन् । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग१ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले बताए । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
Author: Saru Shrestha
काठमाडौं – निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उनीहरुलाई पटक(पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’ प्रवक्ता राईका अनुसार अनुसार कारबाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा चार,…
काठमाडौं – पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० को पराजित गरेको हो । नेपालको जितमा ८३ औं मिनेटमा अञ्जन विष्टले निर्णायक गोल गरे। उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो । खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन । दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।
बुटवल – बुटवल–नारायणगढ सडक विस्तारको कामलाई तीव्रता दिन बुटवल उपमहानगरपालिकाले आयोजना कार्यालयको ध्यानाकर्षण गराएको छ । बुधबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम) का प्रमुख प्रदीपराज शाक्य, परामर्शदाताहरू शुभम सैजु र सुरेश विष्टसँग छलफल गर्दै सडक विस्तारको काम बुटवलबाट सुरु गर्न आग्रह गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र पूर्वाधार विकास शाखाका प्रमुख गौतम रौनियार र आयोजना पक्षको उपस्थितिमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा प्रमुख पाण्डेयले सडक विस्तारको काम समयमा नहुँदा दुर्घटना बढेको, धुलोका कारण आसपासको वस्ती र व्यवसाय प्रभावित भएको, सहर कुरुप भएकोलगायतका विषयलाई पनि चासो दिन ध्यानाकर्षण गराए । ‘उतिबेला बुटवलबाट सडक विस्तारको…
बैतडी – प्रधानमन्त्री एवं कांग्रेस सभापतl शेरबहादुर देउवाले बैतडीका तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुदेश्यीय परियोजना अगाडी बढाउन भारतसँ समन्वय गर्ने बताए । भारतसँग सिमाना जोडिएको तल्लो स्वराडमा महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने उनले बताए । ‘महाकालीमा झोलुङ्गे पूल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाढी बढाउछौँ,’ प्रधानमन्त्री देउवाले भने । थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री…
बुटवल – मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलका उम्मेदवारहरु अहिले मतदाताको घरघरमा पुगिरहेका छन् । दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि अहिले चुनावी अभियानमा व्यस्त छन् । प्रस्तुत छ, निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर एमाले महासचिव पोखरेलसँग गरिएको कुराकानीको सारसंक्षेप । यो निर्वाचनमा तपाइँका एजेन्डा के के छन् ? दाङको समग्र विकासका लागि एमालेको तर्फबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छौं । जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं । चुनाव प्रचार कसरी भैरहेको छ…
काठमाडौं – उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बुधबार बसेको बैठकले गृह मन्त्रालयलाई निर्वाचन सुरक्षाबारे ११ बुँदे निर्देशन दिने निर्णय गरेको छ। समितिको बैठकले गृह मन्त्रालयमार्फत सम्बद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन विभिन्न निर्देशन दिने निर्णय गरेको हो। यी हुन् समितिका निर्णय : १. यही मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन बिथोल्ने वा बहिस्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू नगर्न नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने। २. निर्वाचनमा…
काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन् । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ । बुधबार सुनसरीको लौकीमा आयोजित चुनावी सभामा ओलीले अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमतको नजिक नभएको, अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने बताए । ‘अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएको होइन । एमालेले प्रत्यक्षले ८० सिट र समानुपातिकमा ४१ सिट पायो । बहुमत ल्याउन सकेन । त्यही भएर त्यसबेलाको सरकारले पूर्ण कार्यकाल बिताउन सकेन,’ ओलीले भने, ‘अब एमालेले बहुमत पाएमा बलियो सरकार बन्ने बन्छ । सुदृढ सरकारले मात्र देश विकासको…
बैतडी – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगामी शक्तिलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्ने बताएका छन् । बैतडीको शिवनाथमा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले राष्ट्रिय महत्त्वका परियोजनालाई अघि बढाउने बताए । उनले सुदूरपश्चिमको मुहार फेर्नसक्ने पश्चिम सेती र पञ्चेश्वर योजनाका साथै झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल बनाउने प्रतिवद्धता जनाए । संविधानको रक्षा र संघीय लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकासका लागि पाँचदलीय लोकतान्त्रिक वामगठबन्धन बनेकाले अझै १० वर्ष गठवन्धन अगाडि बढ्ने बताए ।
काठमाडौँ- निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनको उम्मेदवारी खारेज भएको हो । उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको उम्मेदवारी बदर गरेको हो ।