पोखरा – अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिए । एउटा मात्रै होइन, दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो पाएनन् । उनले विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिए । पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज तिरेनन् । लामो समय कर्जा नतिरेपछि छानविन सुरु भयो । उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो । प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको छ । कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो ।…
Author: Saru Shrestha
दार्चुला – दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका थिए। जिल्लाको गोकुलेश्वर–खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसमा आवद्ध कार्यकर्ताहरुले हिजो (आइतबार) रातिदेखि सडक अवरुद्ध पारेका थिए। उक्त सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धनको टोली र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेको एमाले कायकर्ताको टोलीबीच झडप भएको थियो। सडक सुचारु भएसँगै एमालेको सभामा गएका कलाकार तथा कार्यकर्ताहरु घर फर्किएका छन्। नौगाड गाउँपालिका– ६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको…
काठमाडौं – कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुसासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्रसाद यादव (बारा), रविन्द्रप्रसाद यादव (बारा), विरेन्द्रप्रसाद यादव (बारा), रामएकवालप्रसाद यादव (बारा)लाई पाँच वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरेको हो । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको वा प्रस्तावक समर्थक बनेका थिए । यसअघि पनि कांग्रेस ७७ जनामाथि कारबाही गरेको थियो ।
मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।
तनहुँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् । तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन ठूलो भूमिका निर्माण गरेकाले रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए । उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यसकारणले पौडेलजीलाई अत्याधिक बहुमतले जिताएर पठाउनुहोस ।’ प्रचण्डले गोर्खाबाट आफु…
काठमाडौं – सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वाेच्च अदालत प्रशासनसँग मागेको हो । कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वाेच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो । १ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च…
काठमाडौं – आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो । मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।
धनुषा – धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन्। प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो। त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै…
काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि आज बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले ६ वटा निर्णय पारीत गरेको छ । समितिले निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ । १. निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी निकाय तथा सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति जस्ता निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा विद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी लगायत निर्वाचनको…
काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको हो । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा अनुदान तर्फ ६ अर्ब ७१ करोड रुपैयाँ र ऋण सहायता तर्फ ७९ अर्ब ७० करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता नेपालले प्राप्त गरेको छ । शिक्षा, खानेपानी तथा सरसफाई, वातावरण, सडक, सूचना सञ्चार प्रविधि, सिँचाई, उर्जा, रोजगारी लगायतका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थले जनाएको छ । पछिल्लो तीन महिनामा नेपाललाई…