काठमाडौँ – नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति रामकुमार राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि पाँचै जनालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको ढुङ्गानाले बताए । पार्टीको नीतिविपरीत बागी…
Author: Saru Shrestha
काठमाडौं – चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ । पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिए । मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा…
धनगढी – नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निजि निवासमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन्। एमालेमा व्यक्तिवाद, निषेधको राजनीति हाबी हुँदै गइरहेको र केही गर्ने चाहना, इच्छाशक्ति भएका युवाहरुले अवसर नपाउने भएपछि आफूले पार्टी परित्याग गरेको उनको भनाई छ। लामो समयदेखि नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी उनी २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर गठन भएको ‘नेकपा कम्युनिष्ट पार्टी’ विघटन भएपछि एमालेमै रहेकी थिइन्। शाहले सुदूरपश्चिमका गरिव पिछडिएका नागरिकको पक्षमा आवाज उठाउँदै आएकी छन्।
काठमाडौं – आगामी संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् । ४ मंसिर आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरू मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने भएका छन् । त्यसका लागि व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको(नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने…
लमजुङ – मंसिर ४ गते हुने निर्वाचनको मिति नजीकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू एजेन्डासहित गाउँगाउँ पुगेका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् । उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेका छन्। लमजुङमा सत्तागठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन्। भेटघाट र घरदैलोमा पुगेका उमेदवार जित आफ्नै पक्षमा…
केप टाउन – दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । “उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए । उनले आफ्नै घरमा पनि निशाना बनाए,“ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भने । “उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे…
अछाम – लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आमसभा तुर्माखाद गाउँपालिकामा सम्पन्न भएको छ ।कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह,प्रदेश सभा (क) प्रदेश सभा सदस्य का उम्मेदवार अक्कल रावल , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धनबहादुर बुढा , मोतीकला चलाउने केशरी रेग्मीको उपस्तिथि रहेको थियो । चुनावी सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरद सिंह भण्डारीले जनता माझ सधैं झुटको खेती गर्ने काम एमालेले गर्ने गरेकोले त्यस्ता झुटा र भ्रम आश्वासनमा नपरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई जिताउन अपिल गरे । त्यस्तै उनले केपी वलिले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न…
जनकपुर – महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ । युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो । उनको शव पोस्टमार्टमका लागि जलेर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भैरहवा – भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले विहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, विहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो । प्रारम्भिक तथ्याङक अनुसार २ करोड बण्किो…
काठमाडौं – नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो । कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलगायत छन् । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि पार्टीको सदस्यता नरहने गरी…